नेपाली खेलाडीले हङकङमा दौडने

Baikuntha-Manandharकाठमाडौँ, २७ कात्तिक । नेपालका चार धावकले हङकङमा हुने ‘अक्सफाम ट्रेल वाकर’म्याराथनमा दौडने भएका छन् ।

आगामी मङ्सिर ३ गते हुन लागेको उक्त दौडमा नेपालका तर्फबाट पूर्ण तामाङ, तीर्थ तामाङ, वेदबहादुर गुरुङ र भीम गुरुङ भाग लिँदैछन् । उनीहरु नेपालमा हरेक वर्ष हुने तेन्जिङ हिलारी एभरेष्ट म्याराथनका विजेता÷उपविजेता हुन् । हङकङमा हुने उक्त स्पर्धामा विश्वभरका १० हजारभन्दा बढी धावकले प्रतिस्पर्धा गर्दैछन् । उनीहरुले दौडदा एभरेष्ट म्याराथन लेखिएको टि–सर्ट लगाउनेछन् ।

विगत १५ वर्षदेखि सुरु भएको एभरेष्ट म्याराथनका प्रतिस्पर्धीले विस्तारै अन्तर्राष्ट्रिय ‘एक्सपोजर’ पाउन थालेको र त्यसको परिणामस्वरुप नेपाली खेलाडीले हङकङमा उक्त अवसर पाएको यहाँ आज आयोजित कार्यक्रममा जानकारी गराइयो ।

एभरेष्ट म्याराथनका अभियन्ता विक्रम पाडेकाजीले सरकारले लगानी नगरीकन नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय म्याराथनमा नेपाली खेलाडीले सुःखद परिणाम ल्याएको बताउनुभयो । उहाँले देशभरका कुनाकाप्चामा छरिएर रहेका खेलाडीलाई एभरेष्ट म्याराथनमा अवसर दिनुको परिणाम हङकङ म्याराथनमा सहभागिता रहेको बताउनुभयो ।

वरिष्ठ म्याराथन धावक बैकुण्ठ मानन्धरले नेपालमै आएर पनि विदेशीहरु नेपाली भन्दा धेरै दौडने गरेको दृष्टान्त दिँदै अब नेपालीहरु पनि विदेशी सरह दौडन सक्छन् भन्ने देखाउने अवसर आएको बताउनुभयो ।

नेपाल पर्यटन बोर्डका सञ्चार संयोजक शरद प्रधानले विदेशमा नेपाली खेलाडीले दौडिएर भूकम्पपछि पर्यटन क्षेत्रमा परेको क्षतिलाई कम गराउन भूमिका खेल्ने आशा व्यक्त गर्नुभयो ।

यसैबीच आइतबार हङकङ प्रस्थान गर्ने खेलाडीलाई आजै एक कार्यक्रमबीच वरिष्ठ धावक मानन्धरले राष्ट्रिय झन्डा दिएर बिदाइ गर्नुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter