प्रा डा केसीद्वारा दसौँ पटकको अनशन सुरु

dr_govindaकाठमाडौँ, २८ कात्तिक । वरिष्ठतालाई मिचेर चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को डिनमा प्रा डा केशवप्रसाद (केपी) सिंह नियुक्त भएको भन्दै प्रा डा गोविन्द केसीले आजदेखि दसाँै अनशन सुरु गर्नुभएको छ ।

शनिबार विज्ञप्ति जारी गर्दै आइतबार २ बजेसम्म डिन नियुक्त गर्नुपर्ने अल्टिमेटम दिनुभएका प्रा डा केसीले शिक्षण अस्पताल महाराजगन्जमा पत्रकार सम्मेलन गरी आज अनशन सुरु गर्नुभएको हो ।

सोहीअनुसार डिन नियुक्त गरिए पनि वरिष्ठताक्रम मिचिएको भन्दै उहाँले विरोध गर्नुभएको छ । त्रिवि उपकुलपति कार्यालयले नौ महिनापछि आज प्रा डा सिंहलाई सो अध्ययन संस्थानको डिनमा नियुक्त गरेको छ । उहाँले आजै पदभार सम्हाल्नुभएको छ ।

डिन सर्च कमिटीले प्रा डा जगदीशप्रसाद अग्रवाल, प्रा डा सिंह र प्रा डा ज्योति शर्माको नाम डिनका लागि सिफारिस गरेको थियो । त्रिवि उपकुलपति डा तीर्थ खनियाँले भने सिंहलाई वरिष्ठताकै आधारमा डिन नियुक्त गरिएको दाबी गर्नुभयो । अनिवार्य अवकाशका लागि चार महिना मात्र बाँकी रहेका उहाँ विसं २०४५ मङ्सिर ८ गते आइओएममा नियुक्त हुनुभएको थियो । उहाँले चार वर्षअघि शिक्षण अस्पतालको निर्देशकको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

डा केसीले भन्नुभयो, “मैले कसैलाई व्यक्तिगत फाइदाका लागि नभई सिङ्गो चिकित्सा शिक्षाका लागि सिस्टममा चल्नुपर्ने मान्यताअनुसार नै वरिष्ठताका आधारमा डिन नियुक्ति हुनुपर्ने माग अघि सार्दै आएको छु । डा सिंहको नियुक्ति वरिष्ठताका आधारमा नभएकाले मेरो असहमति छ ।” प्रा डा केसीले वरिष्ठताका आधारमा डा अग्रवाल डिन नियुक्ति हुुनुपर्ने माग राख्नुभएको छ ।

साथै, उहाँले चिकित्सा शिक्षा ऐन नआउँदै बिस्तारित कार्यक्रम वा अन्य कुनै बहानामा नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने, संसद्बाट चिकित्सा शिक्षा ऐन पारित गर्दा सुझाएका संशोधन समेटेर तथा माथेमा प्रतिवेदन र विगतका सम्झौता अनुकूल हुनेगरी पारित गर्नुपर्ने लगायतका माग दो¥याउनुभएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter