• Saturday, May 17, 2025

विपन्न नागरिक औषधि उपचार सेवा लिने तेत्तीस हजार बढी

medicinesकाठमाडौँ, १२ मङ्सिर । स्वास्थ्य सेवा विभागबाट आर्थिक वर्ष २०७२÷७३ को विपन्न नागरिक औषधि उपचार कार्यक्रममा कडा रोगका नयाँ र पुराना गरी ३३ हजार ४८८ बिरामीले सेवा लिएका छन् ।

देशभरका विभिन्न ३१ वटा अस्पतालबाट रु एक अर्ब दुई करोड २५ लाख ८४ हजार ८८४ बराबरको बिरामीले उपचारका लागि आर्थिक सहयोग लिएको व्यवस्थापन महाशाखाले जनाएको छ ।

सरकारले विभिन्न आठ प्रकारका रोग मिर्गाैला, मुटु, क्यान्सर, स्पाइनल तथा हेडइन्जुरी, अल्जाइमर्स र पार्किन्सन्स् र सिकलसेल एनिमियाका बिरामीलाई यो कार्यक्रममार्फत सहयोग गर्दै आएको छ ।

महाशाखाले दिएको जानकारीअनुसार वीर अस्पतालले ७३७, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीले ४४ मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरले ६८४, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले ५७, नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जले १२, जनकपुर अञ्चल अस्पतालले नौ, कोसी अञ्चल अस्पतालले सात, निजामती कर्मचारी अस्पतालले एक हजार ७३६, सेती अञ्चल अस्पतालले ५६३ विपन्न नागरिकलाई उपचार गरेका छन् ।

यस्तै, शिक्षण अस्पताल महाराजगञ्जले १८८, स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटनले एक हजार ३९२, बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले ५७२, मनमोहन कार्डियोथोरापी भास्कुलर एन्ड ट्रान्सप्लान्ट केन्द्रले ७१८, सहिद गङ्गालाल हृदय केन्द्रले एक हजार ९०९, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले १५ हजार ५७५, भक्तपुर क्यान्सर अस्पतालले सात हजार ९७, क्यान्सर केयर नेपाल जाउलाखेलले ५०५, राष्ट्रिय मिर्गौला उपचार केन्द्रले ६०२, चितवन मेडिकल कलेज चितवनले ५६, कलेज अफ मेडिकल साइन्सेज भरतपुरले ८९, गण्डकी मेडिकल कलेज पोखराले २५ बिरामीको उपचार गरेको व्यवस्थापन महाशाखाले जानकारी दिएको छ ।

साथै, मणिपाल शिक्षण अस्पताल पोखराले ७९, विएन्ड वि अस्पताल ग्वार्को ललितपुरले १०, गोल्डेन अस्पताल विराटनगरले ४५, युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवाले ९०, नेपालगञ्ज मेडिकल कलेज बाँकेले ७९, आरोग्य स्वास्थ्य प्रतिष्ठान ललितपुरले १३४, नेशनल डायलासिस सेन्टर वसुन्धराले ४५, नेपाल मेडिकल कलेज जोरपाटीले ७० जना विभिन्न आठ रोगका बिरामीलाई उक्त कार्यक्रममार्फत उपचार गराएका छन् ।

मिर्गाैला प्रत्यारोपण र विदेशमा गई उपचार गरेका २२२ जना बिरामीलाई औषधि उपचार खर्च रु दुई करोड ३३ लाख उपलब्ध गराएको व्यवस्थापन महाशाखाले जनाएको छ ।

अहिले मिर्गाैला रोगीले निःशुल्क डाइलासिल सेवा र ट्रान्सप्लान्ट, औषधि गरी अधिकतम रु आठ लाख २० हजारसम्म र अन्य रोगका बिरामीले अधिकतम रु एक लाख बराबरको औषधि उपचार पाउँदै आएका छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter