• Sunday, May 18, 2025

नयाँ अङ्गे्रजी वर्षको स्वागतका लागि महोत्सव

REBAN Pokharaपोखरा, १४ मङ्सिर । रेस्टुराँ एन्ड बार एसोसिएसन अफ नेपाल (रेवान) पोखराको आयोजनामा अङ्ग्रेजी नयाँ वर्ष २०१७ को स्वागत र पुरानोको बिदाइका लागि आगामी पुस १३ देखि १७ गतेसम्म पोखराको लेकसाइडमा ‘पोखरा सडक महोत्सव’ गरिने भएको छ ।

महोत्सवको जानकारी गराउन रेवान पोखराद्वारा सोमबार यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा महोत्सवका संयोजक गोपीबहादुर भट्टराईले प्रत्येक वर्ष एकै समय र अवधिका लागि गर्दै आइएको ‘सडकमै खाउँ, सडकमै नाचौँ र सडकमै रमाऔँ’ भन्ने मूलनारासहित यसपटक १८ औँ सडक महोत्सव गरिन लागिएको जानकारी दिनुभयो ।

पोखरा सडक महोत्सव गर्नु अघि अङ्ग्रेजी नयाँ वर्ष मनाउन धेरै नेपाली नागरिक विदेश जाने प्रचलन रहेको बताउँदै उहाँले महोत्सव सञ्चालनसँगै नेपाली नागरिक पोखरामा नयाँ वर्ष मनाउन थाल्नुका साथै यसले विदेशी पर्यटकलाई समेत आकर्षित गर्दै गएको बताउनुभयो ।

महोत्सवलाई भव्य र सभ्य बनाउने लक्ष्यका साथ आवश्यक तयारी सुरु गरिएको बताउँदै उहाँले महोत्सवमा आउने पर्यटकले विभिन्न परिकारको स्वाद लिँदै सांस्कृतिक एवम् मनोरञ्जनात्मक प्रस्तुति अवलोकन गर्न पाउने जानकारी दिनुभयो ।

रेवान पोखराका अध्यक्ष चौबहादुर गुरुङले पर्यटकीयस्थल लेकसाइडलाई पूरै समेटेर सहिदचोकदेखि खहरेडिहिको पाटनसम्म करिब साढे तीन किलोमिटर क्षेत्रमा महोत्सव सञ्चालन गरिने जानकारी दिनुभयो ।

आन्तरिक एवम् बाह्य पर्यटकलाई आकर्षण गर्दै पोखरालाई अङ्ग्रेजी नयाँ वर्षको गन्तव्यस्थलका रुपमा विकास गराउन महोत्सव सफल बन्ने विश्वास लिइएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter