• Wednesday, May 14, 2025

संविधान संशोधन विधेयक दर्ता

nepal-constitutionकाठमाडौँ, १४ मङ्सिर । सरकारले संविधान संशोधनसम्बन्धी विधेयक सिंहदरबारस्थित व्यवस्थापिका–संसद् सचिवालयमा आज साँझ दर्ता गरेको छ ।

मन्त्रिपरिषद्को बैठक सकिएपछि विधेयकको प्रस्ताव सरकारका तर्फबाट कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयका सहप्रवक्ता होमबहादुर केसीले सचिवालयको विधेयक शाखामा दर्ता गराउनुभएको हो ।

कानुनमन्त्री अजय शङ्कर नायकद्वारा हस्ताक्षरित पत्रसहित विधेयकको प्रस्ताव आएको हो । नेपालको संविधानको धारा २९६ बमोजिम सो विधेयकको प्रस्ताव आएको हो ।

सचिवालयका शाखा अधिकृत त्रिविक्रम पराजुलीले विधेयक दर्ता गर्दै सो विधेयक परिपक्व हुन पाँच दिन लाग्ने व्यवस्था रहेको बताउनुभयो । सो विधेयकको दर्ता नं २८ रहेको छ ।

संविधान संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय

सरकारले संविधान संशोधन प्रस्ताव व्यवस्थापिका–संसदमा दर्ता गर्ने निर्णय गरेको छ ।

आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले संविधान संशोधन प्रस्ताव पास गरी दर्ता गर्ने निर्णय गरेको हो ।

आन्दोलनरत मधेसी मोर्चाको माग सम्बोधन गर्न सरकारले नागरिकता, प्रादेशिक सीमाङ्कन, समानुपातिक प्रतिनिधित्वलगायत बुँदामा संशोधन गर्न लागेको हो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter