नेपाली कामदारको समस्या समाधान गर्न रोजगारदाता मुलुकलाई आग्रह

government logoकाठमाडौँ, २६ मङ्सिर । नेपालले वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुकमा रहेका आफ्ना नागरिकको हक, अधिकारको सुनिश्चिताका लागि सम्बन्धित देशसँग आग्रह गरेको छ ।

इण्डोनेसियाको बालीमा सम्पन्न आन्तर्राष्ट्रिय श्रम सङ्गठनको १६ औँ एसिया प्रशान्त क्षेत्रीय बैठकमा सहभागी हुनुभएका श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले रोजगारदातामा मुलुकका श्रममन्त्रीसँगको ‘साइडलाइन’ भेटवार्तामा नेपाली कामदारले भोग्दै आएका समस्या समाधान गर्न आग्रह गर्नु भएको मन्त्रालयले जनाएको छ ।

मन्त्री गुरुङले कतारका प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्री डा इशा साद ए अल नाएमीसँग कतारमा विभिन्न क्षेत्रमा कार्यरत नेपाली कामदारले व्यहोर्नु परेका विविध समस्याबारे जानकारी गराउँदै कामदारको हक हितको सुरक्षा र कल्याणका लागि कदम चाल्न अनुरोध गर्नुभएको थियो ।

नेपालले पछिल्लो समयमा कतारमा कामदारको पक्षमा भइरहेको सुधारका कामलाई सकारात्मक रुपमा लिएको जनाउँदै त्यसलाई अझै प्रभावकारीरुपमा कार्यान्वयन गर्न आग्रह गरेको थियो ।

कतारमा रहेका करिब चार लाख नेपाली कामदारले आफ्नो मुलुकको विकास निर्माणमा योगदान पुगेको उल्लेख गर्दै भविष्यमा नेपाली कामदारको थप वृद्धि गर्ने तयारी गरिएको कतारी मन्त्रीले बताउनुभएको थियो ।

नेपालबाट घरेलु कामदार तथा अन्य पेसागत जनशक्तिको आपूर्तिमा समेत विस्तार र विविधीकरण गर्न कतार इच्छुक रहेको कतारी मन्त्रीको धारणा थियो ।

यसैगरी मन्त्री गुरुङले मलेसियाका जनशक्ति विकासमन्त्री वाइवी डाटो रिचाडरियोट अनक जायमसँगको छलफलमा नेपाली कामदारले पछिल्लो समय मलेसियामा बढी समस्या झेल्नुपरेको भन्दै समस्या समाधानका लागि ठोस पहल गर्न आग्रह गर्नुभएको थियो ।

कामदारको पारिश्रमिक तथा सुविधाका विषय, कामदारको व्यक्तिगत परिचयपत्र व्यवस्थापनको समस्या, बिमा तथा श्रम स्वीकृति नवीकरण समेतका भेटमा छलफल भएको श्रम मन्त्रालयले जनाएको छ ।

मलेसियाका मन्त्रीले कामदार पठाउने विषयलाई थप व्यवस्थित गर्न दुवै देशबीच सरकारीस्तरमा श्रम सम्झौतालाई छिटो टुङ्ग्याउनु पर्ने भनाइ राख्नुभएको थियो । बैठककै क्रममा मन्त्री गुरुङले सउदी अरेवियाका अन्तर्राष्ट्रिय श्रम मामिलासम्बन्धी उपमन्त्री जियाद इव्राहिम अलसैयादसँग भेतवार्ता गर्दै हाल साउदी अरबमा कार्यरत नेपाली कामदारले रोजगारीका ठूलो समस्या भोग्नु परेकातर्फ ध्यानाकर्षण गराउनुभएको थियो ।

जवाफमा साउदीका मन्त्रीले आफ्नो सरकारले श्रम क्षेत्रमा विभिन्न कानुनी तथा नीतिगत व्यवस्था गर्दै यस क्षेत्रलाई सुदृढीकरण गर्दै लागेको जानकारी गराउनु भएको थियो । दुई मुलुकबीच छिटो श्रम सम्झौता भएमा समस्या समाधानमा सहयोग पुग्ने उहाँको भनाइ थियो ।

यसैगरी मन्त्री गुरुङले बङ्गलादेश, श्रीलङ्का, इरानका श्रममन्त्री, संयुक्त अरब इमिरेट्स (युयइ), ओमनका श्रम राज्यमन्त्रीलगायतसँग पनि भेटवार्ता गर्नुभएको भेटमा सहभागी श्रम मन्त्रालयका प्रतिनिधि डिल्ली बास्तोलाले जानकारी दिनुभयो ।

मङ्सिर २१ देखि २४ गते सम्म चलेको बैठकमा नेपाली प्रतिनिधिमण्डलले सार्क क्षेत्रका अन्य मुलुकका प्रतिनिधिमण्डलका उच्च अधिकारीसँग समेत श्रम तथा आप्रवासका विषयमा अनौपचारिक कुराकानी गरेको उहाँले जानकारी दिनुभयो ।

बैठकमा धारणा राख्दै मन्त्री गुरुङले नेपालले कामदारको हकहितमा आफ्नो मुलक प्रतिबद्ध रहेको तथा नेपालको संविधानलेसमेत श्रम तथा रोजगार क्षेत्रमा महत्वपूर्ण मार्गनिर्देश गरेको बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter