तीनलाख ५० हजार आँखारोगीको शल्यक्रिया

eyeकाठमाडौँ, २९ मङ्सिर । नेपाल नेत्रज्योति सङ्घले गत वर्ष करिब तीन लाख ५० हजार आँखा रोगीलाई शल्यक्रिया गरी उपचार सेवा पु¥याएको छ ।

सङ्घले देशका विभिन्न स्थानमा ७४ उपचार केन्द्र तथा १७ वटा अस्पताल स्थापना गरिसकेको छ । सोही केन्द्र, अस्पताल तथा विभिन्न जिल्लाका दुर्गम स्थानमा शिविर सञ्चालन गरी सर्वसाधारणलाई सेवा पु¥याएको हो ।

बिरामीको आर्थिक अवस्था कमजोर रहेका कतिपय स्थानमा निःशुल्क तथा केही स्थानमा शुल्क लिएर सङ्घले सेवा उपलब्ध गराएको छ । एक वर्षमा करिब एक लाखलाई निःशुल्क शल्यक्रिया गरिएको छ ।

शिविर तथा उपचार केन्द्रमा सामान्य शल्यक्रिया गरिए पनि अस्पतालमा भने ठूला रोगको सफलतापूर्वक शल्यक्रिया भएको सङ्घका कार्यकारी निर्देशक शैलेश मिश्रले जानकारी दिनुभयो । सङ्घले स्थापना गरेको अस्पतालमा विभिन्न शिक्षण अस्पतालमा आँखाको अध्ययन गरेका चिकित्सकले अभ्याससमेत गर्ने गरेको निर्देशक मिश्रले बताउनुभयो ।

सन् २०२० सम्म देशका विभिन्न स्थानमा ६२ वटा उपचार केन्द्र स्थापना गर्ने लक्ष्य रहेको सङ्घले जनाएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter