संशोधन प्रस्ताव विफल बनाउन प्रमको चुनौती; संविधान संशोधनको विधेयक फिर्ता हुनुपर्ने– अध्यक्ष ओली

Prachandaपोखरा, १ पुस । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन प्रस्तावाई विफल बनाएर देखाउन नेकपा(एमाले)लगायत विपक्षी दललाई चुनौती दिनुभएको छ ।

माओवादी केन्द्र प्रदेश नं ४ को प्रशिक्षण भेलालाई आज यहाँ सम्बोधन गर्दै उहाँले संशोधन प्रस्तावलाई मतदानको प्रक्रियाबाट विफल बनाए सरकार सहर्ष स्वीकार गर्न तयार छ भन्नुभयो । प्रधानमन्त्रीले संसद्को अवरोध र सडक आन्दोलन छाडेर समझदारीमा आउन विपक्षी दलसँग आग्रह गर्नुभयो ।

पार्टी प्रदेश नं ४ का इन्चार्ज देव गुरुङको अध्यक्षतामा भएको सो भेलामा पार्टी नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाले कार्यकर्तालाई प्रशिक्षण दिँदै पार्टी सङ्गठन अनुशासित र मर्यादित हुन सके मात्रै नेपाली जनताको सहयोग रहिरहने र पार्टी सङ्गठन बलियो हुने विचार व्यक्त गर्नुभयो ।

एकदिने सो प्रशिक्षण कार्यक्रममा प्रदेश नं ४ का ४२५ केन्द्रीय सदस्यको सहभागिता थियो ।

संविधान संशोधनको विधेयक फिर्ता हुनुपर्ने– अध्यक्ष ओली

यसैबीच, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा, ओलीले संविधान संशोधनको विधेयक फिर्ता लिएर निर्वाचनको वातावरण बनाउनुपर्ने विचार व्यक्त गर्नु भएको छ ।

विराटनगर विमानस्थलमा आज साँझ पत्रकारसँग कुराकानी गर्दै उहाँले १३ महिनाभित्रमा सबै तहको निर्वाचन नगराइएमा मुलुक गम्भीर राजनीतिक सङ्कटमा फस्ने चिन्ता व्यक्त गर्नुभयो ।

सरकारले असान्दर्भिक र नचाहिने संविधान संशोधनको प्रस्ताव ल्याएकाले राजनीतिक गतिरोध बढेको उल्लेख गर्दै उहाँले मुलुकको सङ्क्रमणकाल अन्त्यका लागि आपूmले ल्याएको निर्वाचनसम्बन्धी कार्यतालिकासमेत ल्याउन अहिलेको सरकार असफल भएको टिप्पणी गर्नुभयो ।
रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter