कालीकोटमा कुपोषण भयावह समस्या

kalikot mapकाठमाडौँ, २ पुस । नेपाली युवाको स्वयंसेवी अभियान ‘बेटर नेपाल’ले कालीकोटको कुपोषणग्रस्त राकु गाविसमा यसै हप्ता स्वास्थ शिविर र जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

अभियानले औषधि, खाद्यान्न र लुगाकपडासहित उक्त दुर्गम भेगमा स्वास्थशिविर गरेको हो । काठमाडौँ र नेपालगन्जबाट अभियानका सहसंयोजक रवीन खतिवडाको नेतृत्वमा राहत सामग्री लिएर कालीकोट पुगेको उक्त समूहमा चिकित्साशास्त्रका विद्यार्थी तथा अभियानकर्मी सन्तोषसिंह थापा, कुबेर सोडारी र अनिल खतिवडा सामेल थिए ।

स्थानीय स्वास्थ्यचौकीका अहेवको रोहबरमा सम्पन्न उक्त शिविरमा दुई सय ५० गाउँलेको स्वास्थ परीक्षण गरिनाका साथै करिब ४० परिवारलाई खाद्यान्न र लुगाफाटा वितरण गरिएको थापाले बताउनुभयो ।

उहाँका अनुसार सो ठाउँमा कुपोषण एक भयावह समस्याका रूपमा रहेको तथा दम, पायल्स, छाला रोग, महिलाको तल्लो पेट दुख्ने आदि समस्या गम्भीर छ । जनचेतनाको कमी हुनु, छोराको आसमा छोरी जन्माइरहनु, अत्यधिक धूमपान गर्नु आदि ती समस्याको जड भएको पाइएको अभियानका सल्लाहकार महेश पौड्यालले जानकारी दिनुभयो ।

कालीकोटमा व्याप्त कुपोषण र स्वास्थ्यका अन्य समस्याको स्थायी समाधानका लागि ‘मिसन बेटर कालीकोट’ कार्यक्रम सञ्चालन भइरहेको बताउँदै सहसंयोजक खतिवडाले अब पटक पटक कालीकोट गई अझ ठूलो परिमाणमा राहत सामग्री वितरण गरिने जानकारी दिनुभयो ।

शिविर सम्पन्न गरेर काठमाडौँ फर्कने क्रममा समूहले सुर्खेतको वीरेन्द्रनगर तथा दाङ्को तुलसीपुरमा पनि जनचेतनामूलक शिविर र युवाबीच परामर्शका कार्यक्रम सम्पन्न गरेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter