बारामा यसवर्ष धान उत्पादनमा १० प्रतिशतले वृद्धि

Paddy Fieldवीरगन्ज, १ माघ । मध्य तराईको बारा जिल्लामा अघिल्लो वर्षको तुलनामा यसवर्ष धान उत्पादन १० प्रतिशतले वृद्धि भएपछि धानखेती गर्ने किसान हर्षित भएका छन् ।

जिल्ला कृषि विकास कार्यालय बाराका अनुसार यसवर्ष समयमा नै पानीपर्नु, किसानले उन्नत् जातको धानखेती गनर्,ु समयमा मल खाद्य उपलब्ध हुनु तथा प्राविधिक ज्ञान बारे व्यापक प्रचारप्रसार हुनु जस्ता कारणले धान उत्पादनमा वृद्धि भएको हो ।

अघिल्लो वर्ष भन्दा यसवर्ष बारा जिल्लामा ४८ करोड ९ लाख ८६ हजार मूल्य बराबरको २१ हजार ८६३ मेट्कि बढी धान उत्पादन भएको वरिष्ठ कृषि विकास अधिकृत शिवरत्न साहले बताउनुभयो ।

बारामा यसवर्ष किसानले ६२ हजार ३५४ हेक्टर क्षेत्रफलमा चैते हलैया तथा अग्हनी धानखेती गरी दुई लाख ५० हजार ५५४ मेट्कि टन धान उत्पादन भएको छ ।

अघिल्लो वर्ष बाराका किसानले ६० हजार ४४० हेक्टर क्षेत्रफलमा चैते, भदैया, अग्हनी धानको खेती गरेकोमा २२ लाख ८६ हजार ८० मेट्कि टन धान उत्पादन गरेको थियो । प्रमुख बालीको रुपमा रहेको धानखेतीमा बाराका ७० प्रतिशत किसान धानखेतीमा आत्मनिर्भर भएका छन् ।

धान उत्पादनमा आत्मनिर्भर भए पनि अघिल्लो वर्ष वीगन्ज भन्सार नाकाको बाटो गरी एक अर्ब ३५ करोड ३७ लाख १५ हजार मूल्य बराबरको ४९ हजार ९४ मेट्कि टन धान वीरगन्ज भित्रिएको थियो ।

अन्नबालीमा बारा जिल्ला आत्मनिर्भर भए पनि बढ्दो जनसङ्ख्याको चापको कारण खाद्यान्नमा छिमेकीमूलुक भारतमाथि परनिर्भरता भने कायमै रहेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter