प्याराग्लाइडिङको परीक्षण उडान

paraglidingबनेपा, १ माघ । पर्यटन उद्योगका लागि उर्वर मानिने काभ्रेपलाञ्चोकमा आज प्याराग्लाइडिङको परीक्षण उडान भएको छ ।

कुशादेवी र रयाले क्षेत्रमा पर्ने गुर्दुमडाँडामा कुशादेवी सरोकार समाजको पहलमा सो परीक्षण उडान भएको हो । प्याराग्लाइडर लाक्पा दोर्जे शेर्पाले गत बिहीबार सो क्षेत्रमा एक्सट्रिम साइक्लिङ ¥याली गरेपछि पर्यटन प्रवद्र्धन गर्न प्याराग्लाइडिङको परीक्षण उडान गरिएको कुशादेवी क्षेत्र सरोकार समाजका सचिव पुरुषोत्तम अधिकारीले जानकारी दिनुभयो ।

फुल्चोकी नजिक भएको सो ठाउँबाट पूर्वमा कञ्चनजङ्घा र पश्चिममा माछापुच्छ्र«्रे हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ । सुन्दर दृश्यावलोकन गर्न सकिने भएकाले उक्त ठाउँमा प्याराग्लाइडिङको सम्भावना देखेका अधिकारीको भनाइ छ । प्याराग्लाइडिङको नमुना परीक्षणमा तीनवटा उडान गरिएको थियो । गुर्दुमडाँडाबाट भएको प्याराग्लाइडिङ उडान कुशादेवी बजार नजिक उतारिएको थियो ।

फुल्चोकी क्षेत्रमा हाइकिङका लागि सरकारले रु २० लाख बजेट छुट्याएको छ । सरकारी प्रक्रिया पूरा गरेको केही समयपछि प्याराग्लाइडिङको नियमित उडान हुने अधिकारीले बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter