शाखा अधिकृत: माग संख्या भन्दा ५४ गुणा बढी आवेदन

lok seva aayogकाठमाडौँ, २ माघ । लोक सेवा आयोगले विज्ञापन गरेको निजामती सेवामा राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत)मा मागेको सङ्ख्याभन्दा ५४ गुणा बढीले आवेदन फाराम भरेका छन् । आयोगले मागेको प्राविधिक र अप्राविधिकतर्फ शाखा अधिकृतको ९८० पदमा ५३ हजार ४१६ जनाले आवेदन फाराम भरेको आयोगका दर्खास्त व्यवस्थापन केन्द्रका शाखा अधिकृत नारायणप्रसाद गौतमले जानकारी दिए ।

उनका अनुसार प्राविधिकतर्फ ६६ गुणा र अप्राविधिकतर्फ ४३ गुणाबढीले आवेदन फाराम भरेका छन् । प्राविधिकतर्फ ४७२ पदका लागि ३१ हजार ५१७ र अप्राविधिकतर्फ ५०८ जनामा २१ हजार ८९९ जनाले फाराम भरेका थिए । शाखा अधिकृत गौतमले प्राविधिकतर्फ एउटै उम्मेदवारले धेरै विषयमा फाराम भर्ने भएकाले सङ्ख्या बढेको बताए ।

प्राविधिकतर्फ कात्तिकको अन्तिम साता र अप्राविधिकको मङ्सिरको अन्तिम साता अधिकृत तहका विभिन्न पदमा आवेदन माग गरिएको थियो । आयोगले मङ्सिर २९ गते शाखा अधिकृतका विभिन्न सेवातर्फका लागि दर्खास्त आवेदन माग गरेका थिए । आयोगले गत वर्षदेखि अनलाइनमार्फत फाराम भर्न व्यवस्था गरेको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter