• Saturday, April 12, 2025

रु तीन अर्बभन्दा बढीको लगानी प्रतिबद्धता

government logoकाठमाडौँ, २३ माघ । ‘नेपालको पानी जनताको लगानी’ भन्ने नाराका साथ ऊर्जा मन्त्रालयले अगाडि बढाएको अभियानमा हालसम्म रु तीन अर्ब तीन करोड ३१ लाख ११ हजारको प्रतिबद्धता आएको छ ।

ऊर्जा मन्त्री जनार्दन शर्माको सचिवालयले आज जारी गरेको प्रेस नोटअनुसार दैनिक प्रतिबद्धता जनाउने क्रम बढ्दै गएको उल्लेख गरिएको छ ।

अनलाइनमार्फत हालसम्म व्यक्तिगततर्फ २७ हजार ३५४ जनाले लगानी प्रतिबद्धता जनाएका छन् । मन्त्रालयका अनुसार सेयर लगानीमा व्यक्तिगततर्फ कुल रु दुई अर्ब ८८ करोड ९ लाख ३६ हजार तथा कम्पनीतर्फ रु एक अर्ब ५२ करोड १७ लाख पाँच हजारको प्रतिबद्धता आएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter