• Tuesday, April 22, 2025

गलत उद्धेश्यले महिलाको फोन नम्वर राखी यातना दिने व्यक्ति पक्राउ

Facebookकाठमाडौं, ३ फागुन । सामाजिक संजालमा गलत उद्धेश्यले महिलाहरुको फोन नम्वर राखी यातना दिने ललितपुर उपमहानगरपालिका–४ बागडोल बस्ने ३६ वर्षीय सुरज बस्नेतलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । फेसबुकमा अश्लिल नाम राखी प्रोफाईल बनाई प्रोफाईलमा महिलाहरुको नाम र फोन नम्वर समेत राखेर चरित्र हत्या एवं सामाजिक प्रतिष्ठामा आँच आउने कार्य गरी मानसिक यातना दिने गरेको भन्दै प्रहरीमा उजुरी परेपछि महानगरीय अपराध महाशाखा टेकुले उक्त प्रोफाईललाई प्रारम्भिक अनुसन्धान गरेकाे थियाे ।

अनुसन्धानबाट २३ जना महिलाहरुको फोन नम्वर सार्वजानिकरुपमा खाख्ने गरेकाे प्रहरीले पत्ता लगायाे । सोही घटनामा थप प्राविधिक अनुसन्धान र टेक्निकल ईन्टेलिजेन्सबाट प्रोफाईलको संचालक बस्नेतको संलग्नता रहेको खुल्न आएको थियो । बस्नेतका सम्बन्धमा बिद्युतिय कारोवार ऐन, २०६३ बमोजिम कारवाही तथा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter