• Friday, May 02, 2025

जेठ १ र २१ गते स्थानीय निर्वाचन : निर्वाचन आयोग; वैशाखभित्रमा जसरी पनि स्थानीय तहको निर्वाचन हुन्छ –प्रचण्ड

Election Commissionकाठमाडौँ, ४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख निर्वाचन आयुक्तसंग छलफल गरेका छन् । प्रचण्ड र प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसंगको छलफलमा स्थानीय तहको निर्वाचन दुई चरणमा गर्न सरकारलाई आग्रह गरेको छ । निर्वाचन आयोगले प्रधानमन्त्री प्रचण्डलाई आगामी जेठ १ र २१ गतेको मिति घोषणा गर्न प्रस्ताव गरेको स्रोतले जानकारी दिएको छ ।

छोटो समयमा चुनाव गर्नुपर्ने अबस्था आएकाले दुई चरणमा गर्नुपर्ने स्थिति आएको बताएका छन् । केहि दिनअघि प्रमुख तीन दलबीच फागुन ८ गतेभित्र चुनावको मिति घोषणा गर्ने सहमति भएको छ । प्रचण्डले चुनावको तयारीको लागि यसअघि नै आयोगलाई आग्रह गरेका थिए ।

वैशाखभित्रमा जसरी पनि स्थानीय तहको निर्वाचन हुन्छ –प्रचण्ड

यसैबिच, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन प्रमुख राजनीतिक दलबीच अनौपचारिक रुपमा सहमति बनिसकेकाले अब जसरी पनि वैशाखभित्रमा स्थानीय तहको निर्वाचन हुने बताएका छन् ।

पाँचथरको याङनाम र नागिनको सिमानामा बग्ने ‘हेवा खोला’ जलविद्युत् परियोजना‘‘ए’ को बिहीबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन ।

उनले भने,“मङ्गलबार बेलुका र आज बिहान मात्रै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा ९एमाले०काअध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरिसकेको छु, अब चाँडै असमझदारीका विषयमा सहमति गरेर वैशाखभित्रमा स्थानीय तहको निर्वाचन गर्ने छौँ ।”

उनले अब संविधान आइसकेको हुँदा अब मुलक समृद्धितर्फ लम्कने बेला आइसकेको बताए । प्रधानमन्त्री प्रचण्डले मुलुकलाई समृद्धितर्फ अघि बढाउन ऊर्जा क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै यो क्षेत्रमा लाग्न सबै सरोकारवालालाई आग्रह गरे ।

अब सरकारले साना लघुजलविद्युत् परियोजना मात्रै नभएर अब जलाशययुक्त ठाउँ पहिचान गरी त्यस्ता नदीबाट बिजुली उत्पादन गरी मुलुकलाई समृद्ध बनाउने लक्ष्यका साथ अघि बढेको बताए ।

यस्तै कार्यक्रममा बोल्दै ऊर्जामन्त्री जनार्दन शर्माले काम गर्ने शैली परिवर्तन गर्दै नयाँ तौरतरिकाबाट मुलकलाई समृद्धितर्फ अघि बढाउन सकिने धारणा राखे ।

मन्त्री शर्माले नीति निर्माण गर्ने बेलामा आफू तार काट्दै हिँड्नु पर्ने बेला आएको भन्दै उनले झिनामसिना काम नगरी ठूला काम गर्न नसकिने बताए ।

यस्तै उनले तमोर जलाशयलाई अघि बढाउन सके यस प्रदेशका जनताका जीवनस्तर उकासिने मात्रै नभएर मुलक नै समृद्ध बन्ने भएकाले यसका लागि सरकारले ऋण लिएर भए पनि तमोर जलाशयलाई अघि बढाउने बताए ।

कार्यक्रममा पूर्व सभामुख सुवास नेम्बाङ, स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगु, उद्योग वाणिज्य हकहित समृद्ध समिति सभापति भीष्मराज आङ्देम्बेले मन्तव्य व्यक्त गरेका थिए । रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter