स्ववियु निर्वाचन पाँच दिन सार्ने सहमति
काठमाडौं, ५ फागुन । स्वतन्त्र विद्यार्थी युनियनको चुनाव पाँच दिन पछि सार्न विद्यार्थी संगठनका नेताहरुबीच सहमति भएको छ ।
प्रमुख दल निकट विद्यार्थी संगठन नेविसंघ, अनेरास्ववियु , अनेरास्ववियु क्रान्तिकारी र विप्लव निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का नेताहरुबीच बिहीबार बिहान बसेको संयुक्त बैठकमा स्ववियु निर्वाचन पाँच दिन पछि सार्ने सहमति भएको हो ।
बुधबार बालुवाटारमा बसेको कांग्रेस , एमाले र माओवादीका शीर्ष नेताहरुको बैठकले स्ववियु निर्वाचन तोकिएकै मितिमा अर्थात फागुन १४ मै गराउने निर्णय गरेको थियो ।
त्यसको भोलिपल्ट बसेको विद्यार्थी संगठनका नेताहरुको बैठकले विप्लव माओवादी निकट विद्यार्थी संगठनलाई पनि स्ववियुमा निर्वाचनमा सहभागि गराउने गरि पाँच दिन पछि सार्ने सहमति गरेकाे हाे ।