• Monday, April 14, 2025

बागमती सफाइको २००औँ हप्ता मनाउन मुख्य सचिवको संयोजकत्वमा समिति

Bagmati cleaning Campaignकाठमाडौँ, ७ फागुन । उपत्यकाका प्रमुख नदी सफाइ गरी १७ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

बागमती सफाइ महाअभियानको १९७औँ हप्तामा शनिबार मीनभवन पुलदेखि कोटेश्वर महादेव मन्दिरसम्मको बागमती क्षेत्रमा सफाइ गरी १२ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य नारायण श्रेष्ठले जानकारी दिए।

सफाइमा अधिकार सम्पन्न वाग्मती समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत संस्थाका गरी ५०० व्यक्तिको सहभागिता रहेको थियो । सफाइको नेतृत्व पूर्वसचिव किशोर थापाले गरेका थिए।

सफाइमा अधिकार सम्पन्न बागमती समितिका सञ्चालक समिति सदस्यहरु, गायत्री परिवारका डा राजु अधिकारी, हलेसी डेकोरका हेमराज कार्कीलगायतका व्यक्तिको उपस्थिति थियो ।

आगामी शनिबार १९८औँ हप्ताको बागमती सफाइ कोटेश्वर महादेव मन्दिरमुनिको वाग्मती क्षेत्रमा गरिने जनाइएकाे छ । फागुन २८ गते शनिबार वागमती सफाइको २००औँ हप्तालाई विशेष कार्यक्रमका रुपमा गर्ने तयारी गरिएको छ ।

तयारीका लागि मुख्य सचिव डा. सोमलाल सुवेदीको संयोजकत्वमा सरकारका सचिवहरु र बागमती सफाइ महाअभियानका अभियन्ता सहभागी रहेको समिति गठन गरिएको छ ।

यस अवसरमा शङ्खमूलसम्मको बागमतीलाई ढलमुक्त गरी स्नानयोग्य बनाइँदैछ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter