• Saturday, April 12, 2025

एसियाली विकास बैंकले थप लगानी गर्ने

adbकाठमाडौँ, ९ फागुन । एसियाली विकास बैंकले नेपालको ऊर्जा, भौतिक पूर्वाधार तथा शिक्षालगायतका क्षेत्रमा करिब रु ५० अर्ब थप लगानी गर्ने जनाएको छ ।

बैंकले यहाँ आज पत्रकार सम्मेलनको आयोजना गरेर थप लगानीका लागि आफूहरुले प्रयास गरिरहेको र त्यसमा नेपाल सरकारको सहयोग रहने जानकारी दिइयो ।

आगामी असोज अन्तिमसम्म मेलम्ची खानेपानी आयोजनाको काम सम्पन्न हुने क्रममा रहेको भन्दै बैंकका उपाध्यक्ष बेन्चाई झाङले ढिला भए पनि आयोजनाले गति लिएकामा खुसी व्यक्त गर्नुभयो ।

सोही आयोजनाको दोस्रो चरणका लागि थप लगानी गर्ने विषयमा आफूहरुले छलफल गरिरहेको तथा अन्य केही ठूला आयोजनामा समेत लगानी गर्ने तयारीमा बैंक रहेको बताउनुभयो ।

मेलम्ची खानेपानी आयोजनाको पहिलो चरणको काम सम्पन्न भएपछि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले दिने सेवा प्रवाहका आधारमा लार्के र याङ्ग्रीको पानी ल्याउने विषयमा समेत छलफल गरिने उहाँको भनाइ थियो ।

सन् २०३० सम्म नेपाललाई मध्यमस्तरीय आय भएको मुलुकमा रुपान्तरण गर्ने लक्ष्यका साथ सरकारले अगाडि सारेको रणनीतिक योजनालाई सफल बनाउन बैंकको तर्फबाट भरपुर सहयोग रहने उपाध्यक्षको भनाइ थियो ।

बैंकले लगानी गरेको तनहुँ सेती जलविद्युत् आयोजना र गौतमबुद्ध विमानस्थलको काम प्रभावकारी रुपमा अगाडि बढेको उल्लेख गर्दै उहाँले पछिल्लो दिनमा परियोजना कार्यान्वयनमा आएको सहजताले आफूहरुलाई खुसी तुल्याएको बताउनुभयो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार प्रक्रियाले पनि गति लिने उपाध्यक्ष झाङको विश्वास थियो । उहाँले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’, उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा, खानेपानी तथा सरसफाइ मन्त्री प्रेमबहादुर सिंह, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठलगायतसँग भेटवार्ता गरी थप लगानीका बारेमा छलफल गर्नुभएको थियो ।

बैंकका देशीय निर्देशक केनिची योकोहामाले सार्वजनिक खरिद ऐनमा भएको सुधार तथा सरकारले परियोजना अगाडि बढाउन गरेको सकारात्मक प्रयासका कारण सफलता हासिल हुन लागेको बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter