• Friday, May 02, 2025

आयोगद्वारा निर्वाचन कार्यतालिका सार्वजनिकः मनोनयन वैशाख १६ गते

 

Election Commissionकाठमाडौँ, ११ फागुन । सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गरेको दुई दिनपछि निर्वाचन आयोगले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

कार्यतालिकाअनुसार वैशाख ३१ गते मुलुकभर बिहान ७ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । आयोगले आजै कार्यतालिकासँगै निर्वाचन व्यवस्थापनमा सहयोग पु¥याउन सरकारलाई १९ बुँदे निर्देशनसमेत जारी गरेको छ ।

आयोगले निर्वाचनका सन्दर्भमा आयोगबाट भएका निर्णय र अन्तर्गतका कार्यालयबाट भएका पत्राचारलाई सरकारका सम्पूर्ण निकाय, सार्वजनिक संस्थान, विकास समिति, स्थानीय निकाय, शैक्षिक संस्थानले उच्च प्राथमिकता दिई तत्काल सम्पन्न गर्ने, आचारसंहिताको पूर्ण रूपमा पालना गर्न गराउन मातहतका सबै निकायलाई निर्देशनका साथै सोको कार्यान्वयनमा आवश्यक सहयोग पु¥याउन र माग भएको जानकारी तत्काल आयोग र अन्तर्गतका निकायलाई उपलब्ध गराउने निर्देशन दिएको छ ।

सरकारका सम्पूर्ण निकाय, सार्वजनिक संस्थान, विकास समिति, स्थानीय तह, अनुदानमा सञ्चालित विश्वविद्यालय र सामुदायिक विद्यालयका कर्मचारी र शिक्षकको अद्यावधिक विवरण निर्देशन प्राप्त भएको मितिले एक हप्ताभित्र छिटो साधनद्वारा जिल्ला निर्वाचन कार्यालयमा पठाउन निर्देशन दिइएको छ ।

त्यसैगरी निर्वाचनको कामका लागि आयोग तथा अन्तर्गतकाका र्यालयले माग गरेका कर्मचारीहरू तुरून्त खटाई पठाउने व्यवस्थागर्न, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल टेलिकम तथा विकास आयोजनालगायत सरकारी निकाय, टेलिफोन, फ्याक्स तथाअन्य सञ्चार साधनहरू मर्मत र सेवाबिस्तार गर्नुपर्ने भएतत्कालै मर्मत गरी चालु हालतमा राख्ने तथा निर्वाचनको कामका लागि माग गरेको समयमा प्राथमिकता दिई उपलब्ध गराउन निर्देशन दिएको छ ।

त्यस्तै निर्वाचनका सिलसिलामा आयोगका पदाधिकारी तथा कर्मचारी र निर्वाचन अधिकृत, पर्यवेक्षकलगायत अन्य कर्मचारीको आवागमन तथा मतपत्रलगायत निर्वाचन सामग्री ढुवानी गर्दा गराउँदा सुरक्षा व्यवस्था मिलाउने, निर्वाचन अधिकृतको कार्यालयका लागि आवश्यक पर्ने घर, र्र्र्फिर्नचर, कम्प्युटर, फ्याक्स मेसिन, सवारी साधन, पेट्रोमेक्स र अन्य आवश्यक भौतिक सुविधा माग भएका अवस्थामा जिल्लास्थित कार्यालयबाट तुरून्त उपलब्ध गराउन दिर्नेशन दिइएको छ ।

यसैगरी निर्वाचनसम्बन्धी मुद्रणमा सरकारी वा सरकारी स्वामित्वमा रहेका छापाखानाले प्राथमिकतासाथ छपाइ गर्ने, मतपत्र छपाइलगायत काम गर्ने जनक शिक्षा सामग्री केन्द्रको छापाखानाको मर्मतसम्भार यथाशीघ्र गर्न, निर्वाचनसँग सम्बन्धित सबै कार्यमा शान्ति सुरक्षाको आवश्यक प्रबन्ध मिलाउन तथा स्वच्छ, स्वतन्त्र र विश्वसनीय निर्वाचन सम्पन्न गर्न उम्मेदवार, दल, मतदाताको सुरक्षाको उचित प्रबन्ध मिलाउनेलगायत निर्देशन दिइएको आयोगले जनाएको छ ।

त्यस्तै आयोगका पदाधिकारी तथा कर्मचारी र निर्वाचन अधिकृतको आवागमनका लागि माग गरिएको बखत हवाई टिकट सुरक्षित राखिदिन र निर्वाचन सामाग्री ढुवानीका लागि आवश्यकतानुसार मोटर, हवाइजहाज र हेलिकप्टरको सुविधा उपलब्ध गराउने माग गरिएको छ ।

मतदान केन्द्र रहेका विद्यालयमा वैशाख २५ गतेदेखि मतदान सम्पन्न नभएसम्म पठनपाठन, परीक्षा र सबै शैक्षिक क्रियाकलाप स्थगन गर्ने व्यवस्था मिलाउन, सार्वजनिक सञ्चारका माध्यम(रेडियो नेपाल, नेपाल टेलिभिजन, गोरखापत्र, दि राइजिङ नेपाल, राष्ट्रिय समाचार समिति)ले आयोगको निर्देशनानुरूप निर्वाचनसम्बन्धी सूचनालाई प्राथमिकता दिई प्रकाशन तथा प्रसारण गर्नेसमेत निर्देशन दिइएको छ ।

स्थानीय तह निर्वाचन, २०७४ को निर्वाचन कार्यक्रम

क्र.सं. कार्यक्रम                               मिति                समय स्थान कैफियत          देखि सम्म

१. उम्मेदवारको मनोनयनपत्र दर्ता २०७४।१।१६ १०.०० १७.०० मुख्य÷निर्वाचनअधिकृतको कार्यालय, गाउँपालिका÷ नगरपालिका केन्द्र

२. मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन २०७४।१।१६ १७.३० ऐ. ऐ.

३. उम्मेदवारको विरोधमा उजुरी २०७४।१।१७ १०.०० १३.०० ऐ. ऐ.

४. मनोनयनपत्र जाँच २०७४।१।१७ २०७४।१।१८ २०७४।१।१७को १३.०० २०७४।१।१८ को ११.३० ऐ. ऐ.

५. मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन २०७४।१।१८ ११.३० १३.०० ऐ. ऐ.

६. उम्मेदवारको नाम फिर्ता २०७४।१।१८ १३.०० १७.०० ऐ. ऐ.

७. उम्मेदवारको अन्तिम नामावली प्रकाशन २०७४।१।१९ १०.०० ११.०० ऐ. ऐ.

८. उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान २०७४।१।१९ ११.०० १७.०० ऐ. ऐ.

९. मतदान २०७४।१।३१ ७.०० १७.०० सम्बन्धित मतदान केन्द्र
आयोगका अनुसार यही फागुन ९ गतेसम्म १८ वर्ष पूरा भएको नेपाली नागरिकले मतदान गर्न पाउने भएका छन् ।

स्थानीय तहको निर्वाचनको मिति घोषणा भएको दिन फागुन ९ गतेलाई मतदाता नामावली ऐन २०७३ को दफा ६ (ख) बमोजिम मतदाताको उमेर १८ वर्ष पूरा भएको मिति मानी मतदाता नामावली तयार गर्नेसमेत आयोगले जनाएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter