• Sunday, June 01, 2025

सिल्क रोडमा सहमति जनाउन चीनको आग्रह

Nepal China flagकाठमाडौँ, १७ फागुन । क्षेत्रीय समृद्धिका लागि अगाडि बढाइएको सिल्क रोड अभियानमा सहमति जनाउन नेपालसँग चीनले आग्रह गरेको छ ।

नेपाल–चीन च्याम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको १४औँ वार्षिक साधारणसभामा चिनियाँ पक्षले आज क्षेत्रीय सञ्जाल (रिजनल कनेक्टेभिटी) तथा सिल्क रोडमा सहमतिका लागि प्रस्ताव गरेको हो ।

चीनले अगाडि बढाएको सिल्क रोड अभियानमा सय मुलुकले चासो व्यक्त गरेको र ४० वटा मुलुकले समझदारीपत्रमा हस्ताक्षर गरिसकेको जनाइएको छ ।

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले भूराजनीतिक संवेदनशीलतालाई ध्यानमा राखेर नेपालले चीनसँगको व्यापारलाई विस्तार गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “चीनको व्यापार वृद्धि गर्न नेपालले थप निर्णय गर्ने विश्वास दिलाउन चाहन्छु ।”

पछिल्लो समयमा आर्थिक सूचक सबल बन्दै गएको उल्लेख गर्दै अर्थमन्त्री महराले मुलुकको व्यापार घाटालाई कम गर्न निर्यात बढाउनुपर्ने बताउनुभयो । उहाँले नेपालको पूर्वाधार विकासमा निरन्तर सघाउँदै आएको चीनले आगामी दिनमा थप सहयोग गर्ने आशा व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत यू होङले भन्नुभयो, “सिल्क रोडअगाडि बढाउन नेपालसँग आग्रह गर्दछु ।” उहाँले क्षेत्रीय समृद्धिका लागि चीनले अगाडि बढाएको अभियानमा नेपालको पनि साथ रहने विश्वास व्यक्त गर्नुभयो ।

चीनले नेपालसँग विकासका क्षेत्र जलविद्युत्, हवाई, निर्माण एवम् प्रसारण लाइनजस्ता महत्वपूर्ण क्षेत्रमा सहयोग गर्दै आएको उल्लेख गर्दै राजदूत होङले चीनको सहयोग निरन्तर जारी रहने बताउनुभयो ।

पूर्वसचिव पुरुषोत्तम ओझाले मुलुकको समृद्धिका लागि नेपाल सिल्क रोडको सञ्जालमा जानुपर्ने बताउँदै त्यसका लागि चिनियाँ एवम् नेपाली पक्षले विशेष ध्यान दिएर आर्थिक क्षेत्रको विकासमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल–चीन च्याम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष राजेशकाजी श्रेष्ठले सन् १९९९ मा स्थापना गरिएको चेम्बरले चीनका २९ वटा चेम्बरसँग द्विपक्षीय सम्झौता गरेको र व्यापारिक प्रवद्र्धनका लागि लागिपरेको बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter