• Friday, April 11, 2025

तार व्यस्थापन गर्दै कामपा

Kathmandu Metropolitionकाठमाडौँ, वैशाख २३ गते । काठमाडौँ महानगरपालिकाले प्रदूषण नियन्त्रणका लागि बिजुलीका खम्बामा जथाभाबी टाँगिएका तार व्यवस्थापनको काम सुरु गरेको छ ।

अहिलेसम्म त्रिपुरेश्वर, कमलादी र कमलपोखरीका खम्बाका अव्यवस्थित र भुइँमा छाडिएका तार व्यवस्थापनसुरु गरिएको कामपा, वातावरण व्यवस्थापन विभागका प्रमुख रवीनमान श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार तार व्यवस्थापनका क्रममा अहिलेसम्म कामपाले १५ ट्रक अव्यवस्थित तार निकालेर टेकुमा सङ्कलन गरिसकेको छ ।

यसरी जथाभाबी तार छरिएर रहँदा सहर कुरुप हुनाका साथै आगलागीको समस्यासमेत उत्पन्न हुने हुँदा कामपाले यस्तो अभियान सुरु गरेको हो । व्यवस्थापनकै क्रममा कामपाका प्रतिनिधिले अव्यिवस्थित रुपमा तार टाँग्ने इन्टरनेट सेवा प्रदायक कम्पनी सुविसु र वल्र्ड लिंकलाई कारबाही गरेको छ ।

ती कम्पनीलाई कारबाहीस्वरुप रु २०÷२० हजार जरिवानासमेत गरिएकोे छ । जथाभाबी रुपमा सडकलाई कुरुप बनाउन खोज्ने अन्यलाई पनि कामपाले यस्तो नगर्न चेतावनी दिएको छ ।
पछिल्लो समय कामपाले नमिलेको तार मिलाउने र अनावश्यक काट्ने, र फाल्ने तथा सडकमा रहेको धुलो राती पानीले पखाल्नेजस्ता कार्यलाई तीव्र रुपमा अघि बढाएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter