• Friday, April 11, 2025

ट्याक्सी नम्बर वितरण जेठको दोस्रो साता

EON-taxiलक्ष्मण दर्नाल / काठमाडौँ, वैशाख २३ गते । भूकम्प प्रभावित परिवारलाई जेठको दोस्रो साता ट्याक्सी वितरण गरिने भएको छ । जेठ १३, १४ र १५ गते गोलाप्रथाद्वारा एक हजार पाँच सयवटा ट्याक्सी नम्बर वितरण गरिने यातायात व्यवस्था विभागले जनाएको छ ।

सरकारले गत साउन ५ देखि भदौ ५ गतेसम्म १० जिल्लाका भूकम्पबाट अतिप्रभावित परिवारका लागि सहुलियतमा ट्याक्सी उपलब्ध गराउने घोषणा अनुसार वितरण गर्न लागिएको हो । विभागले ट्याक्सी नम्बर उपलब्ध गराउन आवेदन खुला गरेपछि एक लाख ५१ हजार भूकम्प प्रभावित परिवारले आवेदन दिएका थिए तर आवेदनको छानबिन गरी विभागले एक लाख ४९ हजार ५५१ जनाको नामावली तयार गरेको छ ।

आवेदन दिनेको सङ्ख्या अत्यधिक भएपछि विभागले गोला प्रथाद्वारा एक हजार पाँच सय ट्याक्सी नम्बर वितरण गर्न लागेको विभागका प्रवक्ता डा. टोकराज पाण्डेले जानकारी दिनुभयो । सबैभन्दा बढी सिन्धुपाल्चोकबाट २५ हजार आवेदन परेका छन् भने सबैभन्दा कम रसुवाबाट दुई हजार नौ सय आवेदन परेको विभागले जनाएको छ । ललितपुरको च्यासलस्थित फुटबल मैदानमा गोलाप्रथा गरिने भएको छ ।

गोलाप्रथालाई पारदर्शी बनाउन टेलिभिजनबाट प्रत्यक्ष प्रसारणको व्यवस्था गरिएको यातायता कार्यालय एकान्तकुनाका प्रमुख वसन्त अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, गोलाप्रथा निष्पक्ष र पारदर्शी हुन्छ, कसैको भनसुन चल्दैन, गोला निकालेको प्रत्यक्ष प्रसारणसमेत हुनेछ । अधिकारीका अनुसार दृष्टिविहीन व्यक्तिमार्फत चिट्ठा खुला गरिनेछ । साथै, भूकम्प प्रभावित जिल्लाका प्रतिनिधि, नागरिक समाजलगायतका सरोकारवालाको सहभागितामा गोलाप्रथा गरिनेछ । भूकम्प प्रभावित एक हजार पाँच सय परिवारले ट्याक्सी नम्बर पाएपछि बैङ्कमार्फत गर्ने वा आफै पैसा लगानी गर्ने कुरामा भने स्वयं व्यक्तिहरू स्वतन्त्र रहेको विभागले जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter