लुम्बिनी गुरूयोजनाको काम लम्बिँदै

Lumbiniलक्ष्मण पौडेल / भैरहवा, वैशाख २५ गते । लुम्बिनीको विकास र पर्यटन प्रवद्र्धनको जिम्मा पाएको लुम्बिनी विकास कोषले अपनत्व नलिँदा लुम्बिनी गुरुयोजनाको काम कछुवाको गतिमा अगाडि बढ्ने गरेको छ ।
कोषका पदाधिकारीहरूको एक आपसको तिक्तताले गुरुयोजनाको कामलाई बाधा पारेको हो । कोषका पदाधिकारीमा प्रतिस्पर्धात्मक ढङ्गले सक्षम व्यक्तिभन्दा राजनीतिक नियुक्ति हुनु, स्थानीयसँग समन्वय हुन नसक्नुलगायतले ४० वर्षअघि बनेको लुम्बिनी गुरुयोजनाको
काम अझै सम्पन्न हुन नसकेको हो ।

चालू आर्थिक वर्षमा गुरुयोजनाका लागि ६६ करोड रुपियाँ विनियोजन भएको थियो तर अहिलेसम्म जम्मा ४५ प्रतिशत काम मात्र सकिएको छ । आएको बजेट पनि खर्च गर्न नसक्दा गुरुयोजनाको अवधि झन् लम्बिँदै गएको हो ।
अहिलेसम्म गुरुयोजनाको ८० प्रतिशत काम सकिएको कोषको दाबी छ । गुरुयोजनाको बाँकी २० प्रतिशत काम आगामी पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको कोषका सदस्यसचिव अजितमान तामाङले बताउनुभयो । यसका लागि अझै पाँच अर्ब रुपियाँ आवश्यक पर्ने
अनुमान छ ।

१५ वर्षमा सक्ने गरी सन् १९७८ बाट सुरु गरिएको लुम्बिनी गुरुयोजनाको काम रकम, प्रतिबद्धता र जिम्मेवारीबोधको अभावमा निर्माणले गति लिन नसकेको हो । गुरुयोजनाको काम लम्बिँदा लुम्बिनीको विकास र संरक्षणमा समस्या देखिएको कोषका पूर्वसदस्य ओमकार
गौचनले बताउनुभयो । लुम्बिनीमा पर्यटक आगमन वृद्धिसंँगै पर्यटन व्यवसाय प्रवद्र्धन गर्न बौद्ध सर्किटको तत्काल विकास र व्यवस्थित पर्यटन योजना लागू गर्न आवश्यक छ, उहाँले भन्नुभयो ।

बुद्ध जन्मस्थल लुम्बिनीसंँगै आसपासमा बुद्धले २९ वर्ष बिताएको तिलौराकोट, मावली देवदह, अष्टधातु रहेको रामग्रामजस्ता बौद्ध धर्मका दृष्टिले महìवपूर्ण स्थल छन् । ती बुद्धस्थलमा जान स्तरीय सडक, सवारी, आवास र भ्रमण प्याकेज छैन । यसले गर्दा
लुम्बिनी आउने अधिकांश पर्यटक लुम्बिनी मात्रै घुमेर उसै दिन फर्किने गरेका छन् । लुम्बिनीमा पर्यटकसंँगै पर्यटन व्यवसाय प्रवद्र्धन गर्ने हो भने बौद्ध सर्किटको तत्काल विकास र व्यवस्थित पर्यटन योजना लागू गर्न आवश्यक रहेको पर्यटन व्यवसायी सागर
अधिकारीले बताउनुभयो ।

रूपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले लुम्बिनी क्षेत्रको विकासका लागि गुरुयोजना संँगसँगै समग्र लुम्बिनी नगरपालिकाको विकास आवश्यक रहेको बताउनुभयो । लुम्बिनीलाई बजारीकरणका रूपमा विकास गर्नभन्दा पनि धार्मिकस्थलका रूपमा विकास
गर्नुपर्ने आवश्यकता छ, उहाँले भन्नुभयो । लुम्बिनीलाई साँस्कृतिक, धार्मिक क्षेत्रका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँलयाउँदै उहाँले भन्नुभयो, काठमाडौँमा बसेर लुम्बिनीको कार्यालय चलाउने परिपाटी छ, यसको अन्त्य जरुरी छ, बरु सुरक्षा दिन परे पनि म तयार
छु ।

सिद्धार्थ उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष कुलप्रसाद न्यौपानेले कोषमा हुने अनावश्यक राजनीतिक हस्तक्षेप गुरुयोजना समयमै पूरा हुन नसक्नुको कारण रहेको दाबी गर्नुभयो । हरेकपल्ट सरकार फेरिँदा कोषमा पदाधिकारी फेरबदल हुनु ठीक होइन, यसले लुम्बिनीको
विकास अगाडि बढ्न सक्दैन, उहाँले भन्नुभयो ।

उद्योग व्यापार सङ्गठनका केन्द्रीय उपाध्यक्ष मनीषकुमार जोशीले स्थानीयहरूलाई पनि लुम्बिनी विकास कोषमा सहभागिता बनाउनुपर्ने भन्दै स्थानीयको सहभागिता भए मात्र लुम्बिनीको विकासमा सहयोग पुग्ने बताउनुभयो । जापानी प्रोफेसर केञ्जो टाँगेले छ वर्ष लगाएर
१९७८ मा लुम्बिनी गुरुयोजना तयार पारी बुझाउनुभएको थियो । गुरुयोजना अनुसार सन् १९८५ सम्म प्रथम चरण र १९९५ सम्ममा दोस्रो चरण गरी लुम्बिनी गुरुयोजना सम्पन्न भइसक्नु पर्ने थियो । आफूले बनाएको गुरुयोजना सम्पन्न भएको चाहना राखेका प्रोफेसर
टाँगेको स्वर्गबास भएको पनि आठ वर्ष बितिसकेको छ ।

प्रोफेसर टाँगेले तयार गरेको गुरुयोजनामा पहिलो चरणका लागि नेपाल सरकारले र दोस्रो चरणमा अन्तर्राष्ट्रिय समुदायको सहयोगसमेत लिएर पूरा गर्नुपर्ने उल्लेख छ । अन्तर्राष्ट्रिय समुदायलाई ल्याई लुम्बिनीको विकास गर्नसमेत सरकार असफल भएको छ ।
लुम्बिनीको विकासका लागि भनी संयुक्त राष्ट्रसङ्घमा गठित अन्तर्राष्ट्रिय समिति विगत १९ वर्षदेखि निष्कृय छ । १५ मुलुकका प्रतिनिधि रहेको उक्त समितिलाई पुनः क्रियाशील गराउने प्रस्तावलाई सात वर्षअघि लुम्बिनीमा सम्पन्न दोस्रो विश्व बौद्ध शिखर
सम्मेलनले पारितसमेत गरेको थियो तर अहिलेसम्म उक्त समिति सक्रिय बन्न सकेको छैन् । उक्त समिति सक्रिय भई काम गरेमा अन्तर्राष्ट्रिय समुदायबाट सहयोग आउन सक्ने भएकाले यसतर्फ सबैको ध्यान जानु आवश्यक रहेको कोषका वरिष्ठ पुरातत्वविद्
वसन्त विडारीको भनाइ छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter