माछापालनका लागि रु चार करोडको अनुदान

fishरत्ननगर (चितवन), वैशाख २७ गते । जिल्ला कृषि विकास कार्यालय चितवनले माछापालनका लागि प्रोत्साहन दिन यसवर्ष किसानलाई झन्डै रु चार करोड अनुदान दिन लागिएको हो ।

कार्यालयका मत्स्य विकास अधिकृत परशुराम यादवका अनुसार जिल्लामा कुल १२० हेक्टर क्षेत्रफलमा माछापालन विस्तार गर्न उक्त रकम अनुदान स्वरुप दिन लागिएको हो ।

विशेषगरी प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत माछा ब्लक निर्माणका लागि चितवनमा ९५ हेक्टर क्षेत्रफल विस्तार गर्ने कार्यक्रम छ । चितवनको माडी र पश्चिम चितवनका विभिन्न क्षेत्रमा यो कार्यक्रम लागू गरी माछापालनका लागि क्षेत्र विस्तार गर्न लागिएको हो । यस्तै पाँच हेक्टरमा नर्सरी पोखरी व्यवस्थापन तथा २० हेक्टरमा माछा उत्पादन विशेष कार्यक्रम सञ्चालन गरिएको यादवले जानकारी दिनुभयो ।

प्रतिहेक्टर रु तीन लाखका दरले अनुदान दिइने र माछाको नर्सरी व्यवस्थापनका लागि प्रतिहेक्टर रु दुई लाख थप अनुदान दिइने सो कार्यालयले जनाएको छ । यस्तै सङ्कलन केन्द्र र माछाका लागि पानी व्यवस्थापन गर्न रु २५ लाख तथा उपकरण खरिदका लागि रु २० लाख अनुदानका कार्यक्रम आएको मत्स्य विकास अधिकृत यादवले जानकारी दिनुभयो । ती अनुदानको रकम प्राप्त गर्नका लागि किसानलाई ५० प्रतिशत रकम लगानी गर्नुपर्ने अनिवार्य व्यवस्था रहेको जिल्ला कृषि विकास कार्यालय चितवनले जनाएको छ ।

जिल्लामा अहिले ५३९ हेक्टर जलाशयमा माछापालन भइरहेको छ । त्यसबाट वार्षिक दुई हजार २०० मेट्रिक टन माछा उत्सादन हुँदै आएको छ । जिल्लामा अहिले परियोजनामार्फत माछा, तरकारी र अन्न उत्पादनका लागि नयाँ कार्यक्रम आएको कृषि विकास कार्यालय चितवनका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत सुधीर श्रेष्ठले बताउनुभयो ।

उता जिल्लाको पश्चिम क्षेत्रमा तरकारी जोन निर्माणका लागि कार्यक्रम लागू भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख सोमनाथ घिमिरेले जानकारी दिनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter