काँग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

Sher Bahadur Deuwaभक्तपुर, वैशाख २७ गते । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज ओली निवास बालकोटमा भेटवार्ता भएको छ ।

छलफलका लागि सभापति देउवा बिहान ११.३० बजे एमाले अध्यक्ष ओली निवास बालकोट पुग्नुभएको थियो । भेटपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै ओलीका निजी सचिव अनिश दाहालले समसामयिक विषयमा दुई दलका अध्यक्षबीच छलफल भएको बताउनुभयो ।

करिब एक घन्टा भएको भेटमा काँग्रेस सभापति देउवाले मधेस केन्द्रीत दललाई सहमतिमा ल्याएर चुनाव गराउनुपर्नेमा जोड दिँदै संविधान संशोधनमा सहयोग गर्न एमाले अध्यक्ष ओलीलाई आग्रह गर्नुभएको उहाँले बताउनुभयो ।

भेटमा एमाले अध्यक्ष ओलीले दोस्रो चरणको निर्वाचन बजेट अघि गर्नुपर्नेमा जोड दिँदै सहमतिका लागि छलफललाई निरन्तरता दिने र अन्य दलसँग छलफल गरेर गतिरोधको निकास निकाल्नेबारेमा छलफल भएको ओलीका निजी सचिव दाहालले जानकारी गराउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter