• Tuesday, April 22, 2025

गाईपालनसँगै सहकारी सञ्चालन

cow-shedभक्तिविलास पोखरेल / गाईघाट, वैशाख २८ गते । व्यावसायिक गाईपालन गर्दै आएका यहाँका किसानले सहकारी संस्था र डेरी व्यवसाय सञ्चालन गर्न थालेपछि उनीहरूको आम्दानी बढेको छ ।
दुई वर्षअघिसम्म फाटफुट रूपमा एक÷दुईवटा गाई पालेर प्रत्येक बिहान आफै दूध बोकेर बजार र घरघर पुग्ने गरेका ती किसान हिजोआज घरैपिच्छै चार÷पाँच माउ जर्सी गाई पाल्न थालेका छन् । उनीहरू आफूले उत्पादन गरेको दूध आफैंले सहकारिताका आधारमा स्थापना गरेको डेरीमा बेच्छन् ।

किसानले उत्पादन गरेको शुद्ध दूधलाई जस्ताको तस्तै आमउपभोक्तासम्म पु¥याउने र दूधको सही मूल्य हात पार्ने उद्देश्यले गाउँका ५६ घर किसानको सक्रियतामा अनमोल कृषि सहकारी संस्था खोलेका छन् । सो संस्थाले अहिले दूध तथा दुग्धजन्य पदार्थको बिक्री वितरणका लागि गाईघाट बजारमा अनमोल डेरी उद्योग सञ्चालन गरेको संस्थाका अध्यक्ष रमेश राउतले बताउनुभयो ।

एकातिर किसानले उचित मूल्य नपाउने र उपोक्ताले धेरै मूल्य तिर्दा पनि शुद्ध दूध पाउन नसकेपछि गाईपालन गर्ने किसान आपैंmले नै डेरी सञ्चालन गर्न थालेको अध्यक्ष राउत बताउनुभयो ।
उहाँका अनुसार हाल सो डेरीबाट प्रतिलिटर ६० रुपियाँका दरले दैनिक करिब तीन सय लिटर शुद्व दूध बिक्री हँुदै आएको छ । यसरी किसान आपैंmले डेरी सञ्चालन गर्दा व्यापारीले खाने नाफा किसानकै हातमा पर्ने र उपभोक्ताले पनि पानी नमिसाइएको शुद्ध दूध उपभोग गर्न पाउने भएकाले किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले सहकारी संस्था सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

जिल्लाको त्रियुगा नगरपालिका वडा नं. १० बोक्से गाउँका व्यावसायिक रूपमा गाईपालन गर्ने किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले सहकारी संस्था सञ्चालनलाई डेरी उद्योग सञ्चालन गर्न आवश्यक उपकरण तथा भाँडा किन्न दुई वर्षअघि नै कार्यालयले ५० हजार रुपियाँ अनुदान सहयोग दिएको जिल्ला पशुसेवा कार्यालय उदयपुरका पशु चिकित्सक शिवनारायण यादवले बताउनुभयो ।

किसानद्वारा सञ्चालित सो सहकारी संस्थाले हालसम्म करिब ९८ लाख रुपियाँ ऋण प्रवाह गरेको छ भने आफ्ना सदस्यबाट मासिक दुई सय रुपयिाँका दरले रकम जम्मा पनि गर्र्र्दै आएको छ । यसबाहेक बजार मूल्यभन्दा सस्तो मूल्यमा किसानलाई गाईलाई खुवाउने चोकर र दाना उपलब्ध गराउँदै आएको अध्यक्ष राउतले बताउनुभयो ।

एउटा राम्रो गाईको मूल्य न्यूनतम ७० हजार रुपियाँसम्म पर्ने भए पनि त्यसको पशु बीमा कार्यक्रमसमेत सञ्चालन गरिएकाले किसानको पुँजी नडुब्ने निश्चित भएकाले यसप्रति गाउँलेको आकर्षण बढ्दै गएको अर्का अगुवा किसान एवं सो सहकारी संस्थाका सदस्य प्रेमराज खड्काले बताउनुभयो । किसानले आफ्नो पुँजी लगाएर गाई किन्दा जति मूल्य पर्छ त्यसको पाँच प्रतिशत बराबरको रकम बीमा शुल्कबापत कृषि विकास बैङ्कमा जम्मा गरेपछि त्यति नै बराबरको रकम सरकारले त्यसमा थप गरदिने व्यवस्था रहेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter