• Tuesday, April 22, 2025

निर्वाचन अनुगमन गर्न आयोगद्वारा उच्चस्तरीय टोली गठन; मौन अवधिको पूर्ण पालना नगरे कारवाही : आयोग

Chief Election Commissionerकाठमाडौँ, वैशाख २९ गते । राष्ट्रिय मानवअधिकार आयोगले स्थानीय तहको निर्वाचन अनुगमन कार्यलाई थप प्रभावकारी र विश्वसनीय बनाउनका लागि आयोगका अध्यक्ष अनुपराज शर्माको संयोजकत्वमा छ सदस्यीय उच्चस्तरीय अनुगमन टोली गठन गरेको छ ।

नागरिक समाजका प्रतिनिधि संलग्न रहेको उक्त टोलीमा पूर्व प्रधानन्यायाधीश तथा आयोगका पूर्व अध्यक्ष केदारनाथ उपाध्याय, पूर्व सभामुख दमननाथ ढुङ्गाना, पूर्व निर्वाचन आयुक्त प्राडा वीरेन्द्र मिश्र, प्राडा सूर्य ढुङ्गेल तथा अधिवक्ता मीरा ढुङ्गाना रहनुभएको आयोगका प्रवक्ता मोहना अन्सारीले जानकारी गराउनुभयो ।

यसअघि आयोगले अधिकृतस्तरको अनुगमन टोली स्थानीय तहमा खटाइसकेको छ । उहाँले टोलीले स्थानीय तहको निर्वाचनको अनुगमन गर्ने बताउनुभयो । रासस

मौन अवधिको पूर्ण पालना नगरे कारवाही : आयोग

निर्वाचन आयोगले मौन अवधिमा पनि निर्वाचन प्रचार प्रसार भइरहेको भन्दै यस्ता कार्य नरोक्नेलाई कारवाही गर्ने चेतावनी दिएको छ। केही राजनीतिक दल, उम्मेद्वार र व्यक्तिले वेभसाइट, फेसबुक र ट्वीटरजस्ता सामाजिक सञ्जालमार्फत निर्वाचनको प्रचार प्रसार गरेको भन्दै आयोगले यस्ता कार्य रोक्न आग्रह गरेको छ।

निर्वाचनको मौन अवधिमा वेभसाइट तथा फेसबुक र ट्वीटरलगायतका कुनै पनि सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट समेत कसैले पनि निर्वाचनको प्रचार प्रसार गर्न नपाइने भएकाले त्यस्ता प्रचार प्रसारका क्रियाकलापहरू गरेको भए तत्काल रोकी मौन अवधिको पूर्ण पालना गर्न निर्वाचन आयोग सम्बद्ध सबैसँग आग्रह गर्दछ,’ आयोग प्रवक्ता सूर्यप्रसाद शमाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

निर्वाचनको मौन अवधि पालना नगरी निर्वाचन आचार संहिता विपरीत कुनै पनि किसिमले निर्वाचनको प्रचार प्रसार गरिएको पाइएमा त्यस्ता दल, संस्था, उम्मेद्वार र व्यक्तिमाथि निर्वाचन आयोग ऐन २०७३ बमोजिम हदैसम्मको कारबाही हुने विज्ञप्तिमा उल्लेख छ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter