• Thursday, May 01, 2025

जिल्ला अस्पतालमा पहिलोपल्ट शल्यक्रिया सुरु

Health Ministryगाईघाट,वैशाख ३० गते । प्रसूतिको मात्र शल्यक्रिय हुदै आएको उदयपुर जिल्ला अस्पताल गाईघाटमा शुक्रबारदेखि पहिलो पटक अन्य विरामीको शल्यक्रिया गर्ने सेवा सुचारु भएकोे छ । सेवा सुचारु गरेको पहिलो दिन शुक्रबार दुई महिलाको एपेन्डिसाइडको सफल शल्यक्रिया गनृ अस्पताल सफल भएको हो ।

एपेन्डिसाइडको समस्या लिएर उपचारका लागि जिल्ला अस्पताल पुग्नुभएकी त्रियुगा नगरपालिका ४ वगाहाकी ४५ बर्षीया भिमकुमारी मगर र जन्मजात दाहिने हातमा मासु पलाएर रोगसँग लडदै आउनुभएकि त्रिनपा १४ साउनेकी १८ बर्षीया ममता मगरको सफल शल्यक्रिया गरिएको निमित्त मेडिकल सुपरिटेण्डेड डा.फडिन्द्र बरालले बताउनुभयो ।

डा.बरालकै नेतृत्वमा रहेको चिकित्सक टोलीले दुबै बिरामीको सफल शल्यक्रिया गरेको हो । अकस्मत पेट दुखेर उपचारका लागि जिल्ला अस्पताल पुग्नु भएकी भिमकुमारीले सफल अप्रेशनपछि भन्नुभयो, ‘मैले त सामान्य उपचार गरेर फर्किने सोच बनाएकी थिए, स्वास्थ्य परीक्षण गर्दा एपेन्डिसाइड भएको थाहा भयो, पैसा नभएको बेला वाहिर जाने कि नजाने भन्ने चिन्ता थियो एकैछिनमा डाक्टर सावले यहीँ अप्रेशन गरिदिनु भो ।’
उहाँले भन्नुभयो ‘प्रसुति वाहेक अन्य अप्रेशन हुन्छ भन्ने कुरा पहिला त पत्याउनै सकिएन र विश्वास पनि थिएन तर शल्यक्रिया सफल भयोे अनिमात्र विश्वास लाग्यो ।’ पहिलोपटक अस्पतालले यस्तो सुविधा उपलब्ध गराएकोमा खुशी हुँदै भिमकुमारीले भन्नुभयो, ‘जिल्लामै यस्तो सुबिधा हुँदा आधाभन्दा बढि रकम विरामीको बचत हुने रहेछ ।’

त्यसैगरी जन्मजातै दाहिने हातमा मासु पलाएर चिन्तित बन्नु भएकी ममताको भनाई पनि उस्तै छ । डाक्टरसँग सल्लाह लिएर सुबिधायुक्त ठाउँमा जाने सोचले अस्पताल पुग्नु भएकी ममताले भन्नुभयो, ‘डाक्टरसँग सल्लाह माग्दा यहीँ अप्रेशन हुन्छ अप्रेशनको तयारी गर्नु भन्नुभयो । परिवारसँग सल्लाह माग्दा विश्वास गर्नुभएन । विश्वास नलाग्दा नलाग्दै अप्रेशन सफल भयो ।’

जिल्लामै यो सुबिधा हुँदा विरामीको धेरै खर्च जोगिने उहाँको भनाई छ । यस सम्बन्धी आबश्यक उपकरण र दंक्ष जनशक्तिको अभाव हुँदा अस्पतालले यो सुबिधा उपलब्ध गराउन सकेको थिएन् । यधपि प्रसूतित सेवाको भने शल्यक्रिया गर्दै आएकोथियो । स्वास्थ्य विभागको निर्देशनसँगै जिल्ला अस्पतालले भर्खरै आफ्नो सेवासुबिधामा विस्तार गरेको हो । अस्पतालले मंगलबार पत्रकार सम्मेलन आयोजना गरी सेवा सुचारु गर्ने बताएको थियो ।

नयाँ सुबिधाअन्र्तगत अस्पतालले हात्तिपाईले रोग लागेपछि देखा पर्ने हाइड्रोसिलको निशुल्क अप्रेशन, एपेन्डिसाइड, हर्निया, ऐंजेरु, सिजरिङ सेक्सन, सर्पदंश, रेविज, इसिजि, एआरटी सेन्टर स्थापना, निशुल्क र सहशुल्क फार्मेसी सेवा, एकद्धार संकट व्यवस्थापन केन्द्र, डेण्टल सेवा, इएसएस (पेयइङ क्लिनिक) लगायत रहेकाछन् । यसकासाथै शल्यक्रियासहितको प्रसूति सेवा, भिडियो एक्सरे, ल्याब, एक्सरे सेवालाई २४ घण्टा उपलब्ध हुने निमित्त मेडिकल सुपरिटेण्डेड डा.फडिन्द्र बरालले जानकारी दिनुभयो ।

५० सैयाको जिल्ला अस्पतालमा अहिले ३ जना विशेषज्ञ र १० जना मेडिकल अधिकृत रहेकाछन् । अस्पतालले विहान ९ देखि ३ बजेसम्मको जनरल ओपिडि पछि दिउँसो ३ देखि ५ बजेसम्म मेडिकल अधिकृतको २ सय ५० र विशेषज्ञको ३ सय ५० रुपैँया पुर्जा शुल्क लिई सार्वजानिक विदा र शनिबार वाहेकका दिनमा पेयइङ किल्निकसमेत सञ्चालनको तयारी गरेको अस्पताल विकास समितिका अध्यक्ष राकेश खत्रीले जानकारी दिनुभयो । त्यसैगरी निुशल्करुपमा पाईने ७० प्रकारका औषधि वाहेक अन्य औषधिको हकमा न्युनतम १० प्रतिशत छुटमा सर्वसाधरणलाई अस्पताल परिसर भित्रैबाट औषधिसमेत उपलब्ध गराईने अध्यक्ष खत्रीले बताउनुभयोे ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter