• Sunday, June 08, 2025

आज ऐतिहासिक निर्वाचन, उल्लासका साथ मतदान सुरु

V3काठमाडौँ : ऐतिहासिक स्थानीय तह निर्वाचनअन्तर्गत मतदान प्रक्रिया सुरु भएको छ । बिहान सात बजेबाट सुरु भएको मतदान आज अपरान्ह ५ बजेसम्म चल्नेछ । नयाँ संविधानले गरेको व्यवस्थाअनुसार स्थानीय तहको निर्वाचन पहिलो पटक हुन लागेको हो ।

३, ४ र ६ नम्बर प्रदेशका ३४ जिल्लामा रहेका २८३ स्थानीय तहमा नेतृत्व चयनको प्रक्रिया सुरु भइसकेको छ । ठूलो उत्साहका साथ मतदाता मतदानमा सहभागी भइरहेका छन् । ६, ६४२ मतदान केन्द्रमार्फत ४९ लाख ५३ हजार नौ सय २५ मतदाताले नयाँ नेतृत्व चयन प्रक्रियामा भाग लिइरहेका छन् ।

यो निर्वाचनबाट १३ हजार पाँच सर ५६ जनप्रतिनिधि चयन हुँदैछन् । त्यसमध्ये तीन सय २९ जनप्रतिनिधि निर्विरोध निर्वाचित भइसकेका छन् । पहिलो चरणको निर्वाचन हुन लागेका ३४ जिल्लाअन्तर्गत देशमा रहेका सबै ४ महानगरपालिकामा पनि मतदान सुरु भएको छ । ३४ जिल्लामा रहेका ४ महानगरसहित एक उपमहानगर, ९२ नगरपालिका तथा १८६ गाउँपालिकाका मतदान केन्द्रमा सात बजेबाटै मतदान सुरु भएको जिल्लामा रहेका नयाँ पत्रिकाकर्मीहरूले जनाएका छन् ।

काठमाडौं, ललितपुर, भरतपुर तथा पोखरा–लेखनाथ महानगरपालिकामा तोकिएका मतदान केन्द्रमा मतदाताको ठूलो उपस्थिति देखिएको ती जिल्लाबाट नयाँ पत्रिकाकर्मीले पठाएको रिपोर्टमा उल्लेख छ । ललितपुरबाट नयाँ पत्रिकाकर्मी वीरेन्द्र ओलीले ेजनाएनुसार बिहान झिसमिसेदेखि नै विभिन्न मतदान केन्द्रमा मतदाताको उपस्थिति भएको थियो । पोखराबाट विष्णु घिमिरेले पनि मतदानको क्रममा ठूलो उत्साह देखिएको छ । यस्तै, भरतपुरबाट दीपेन्द्र अधिकारीले जनाएअनुसार ठीक सात बजेबाट भरतपुर महानगरपालिकासहित चितवन जिल्लाका स्थानीय निकायअन्तर्गत रहेका मतदान केन्द्रमा मतदान प्रक्रिया सुरु भएको छ ।

हेटौंडा उपमहानगरपालिकामा पनि मतदान सुरु भएको छ । हेटौंडाबाट नयाँ पत्रिकाकर्मी सुदीप सिवाकोटीले जनाएअनुसार बिहान ७ बजेबाटै जिल्लाका सबै एक सय ६४ मतदान केन्द्रमा एक साथ मतदान सुरु भइसकेको छ ।

सिंहदरबारको शासन गाउँगाउँमा पुर्याउने गरी स्थानीय सरकार गठन गर्न अहिले मतदान भइरहेको छ । नयाँ संविधानले निर्धारण गरेका ७४४ स्थानीय तहमध्ये बाँकी ४१ जिल्लाका स्थानीय निकायमा भने आगामी ३१ जेठका लागि मतदानको दिन तय गरिएको छ । दोस्रो चरणको निर्वाचन कार्यक्रम १९ जेठबाट सुरु हुनेछ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter