राष्ट्रपति भण्डारीद्वारा बुद्ध मन्दिरको दर्शन

President Visitकोलोम्बो (श्रीलङ्का), जेठ १ गते । श्रीलङ्काको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमणको तेस्रो दिन आज श्रीलङ्काको कोलोम्बोस्थित केलानिया मन्दिर गई बुद्धको दर्शन तथा पूजाअर्चना गर्नुभएको छ ।

राष्ट्रपति भण्डारी मन्दिर पुग्दा केलानिया राजा महाविहारका प्रमुख महिन्द सङ्गराक्किथा तथा मन्दिरका प्रमुख बसनायके निलामलगायतले स्वागत गर्नुभएको थियो ।

सो अवसरमा विहारका प्रमुख सङ्गराक्किथाले मन्दिरको ऐतिहासिक पृष्ठभूमि र महत्वलगायत विविध पक्षबारे जानकारी गराउनुभयो ।

राष्ट्रपतिको भ्रमणदलमा रहनुभएका सवारीमन्त्री केशवकुमार बुढाथोकी, राष्ट्रपति कार्यालयका वैदेशिक मामिलाविज्ञ डा मदनकुमार भट्टराई र सचिव भूपेन्द्रप्रसाद पौडेल, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुङ्गाना, शिष्टाचार महापाल दीपक अधिकारीलगायतको सहभागिता थियो । राष्ट्रपति भण्डारी आजै श्रीलङ्काका महिला तथा बालबालिका मन्त्रालयले आयोजना गर्ने महिला सशक्तीकरण कार्यक्रममा सहभागी हुनुहुनेछ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter