स्वास्थ्य कार्ड लिएका बिरामीलाई २० प्रतिशत छुट

Health Ministryरत्ननगर , जेठ २ गते । चितवनको भरतपुरमा स्थापना भएको मनकामना अस्पतालले स्वास्थ्य कार्ड लिएका बिरामीलाई २० प्रतिशत छुटमा उपचार गर्ने भएको छ ।

नयाँ व्यवस्थापनसँगै सुविधायुक्त अस्पतालका रुपमा विकास गरिएको उक्त अस्पतालले पहिलो वार्षिकोत्सवका अवसरमा यस्तो घोषणा गरेको हो । आज भरतपुरमा पत्रकार सम्मेलन गर्दै अस्पतालका अध्यक्ष प्रा डा अर्जुन श्रेष्ठले न्यून आय भएका बिरामीलाई सहज होस् भनेर यसरी छुटको व्यवस्था गरिएको जानकारी गराउनुभयो ।

अहिले अस्पतालले चौबीसै घन्टा आकस्मिक सेवासमेत दिइरहेको र वार्षिकोत्सवका अवसरमा एक हप्तासम्म विभिन्न छुटका स्वास्थ्य कार्यक्रमहरु ल्याएको उहाँले जानकारी दिनुभयो । अस्पतालले जेठ ३, ४ र ५ गते ओपिडी सेवा निःशुल्क गर्ने घोषणा गरेको छ ।

यस्तै, सिटी स्क्यान सेवा र अन्य स्वास्थ्य परीक्षणमा रु ५० प्रतिशत छुट, यही जेठ १ गतेदेखि बालरोग विशेषज्ञ सेवामा हरेक दिन बिहान ७ देखि ९ बजेसम्म निःशुल्क ओपिडी स्वास्थ्य सेवा, हरेक महिलाको १ गते सम्पूर्ण विभागको ओपिडी सेवा निःशुल्क गरिएको अस्पतालले जनाएको छ ।

जेठ ११ गते परेको विश्व थाइराइड दिवसका अवसरमा थाइराइड परीक्षणमा समेत ५० प्रतिशत छुट दिने अस्पतालका सञ्चालक ध्रुव काफ्लेले जानकारी दिनुभयो । अस्पताल हाल ५० श्ययामा सञ्चालित छ ।
निजी अस्पतालमध्ये उत्कृष्टमा पर्ने मनकामनाले एक वर्षमा १० हजार बिरामीको उपचार गरेको आज सार्वजनिक गरिएको विज्ञप्तिमा जनाइएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter