तेस्रोलिङ्गीमाथि हुने विभेदकारी व्यवहार अन्त्य गर्नुपर्ने

Blue Diamond Societyकाठमाडौँ, जेठ ३ गते । समाजमा समलिङ्गी, द्विलिङ्गी र तेस्रोलिङ्गीमाथि हुने सबै प्रकारका विभेदकारी व्यवहार अन्त्य हुनुपर्नेमा जोड दिइएको छ ।

समलिङ्गी, द्विलिङ्गी र तेस्रोलिङ्गी घृणाविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा संयुक्त राष्ट्रसङ्घ र नीलहिरा समाजद्वारा यहाँ आज आयोजित कार्यक्रममा अधिकारकर्मीहरुले समलिङ्गी वा तेस्रोलिङ्गी भएकै कारण आफूहरू आफ्नो परिवारबाटै अपहेलित हुनुपरेको गुनासो गर्नुभयो ।

सो अवसरमा महिला, बालबालिका तथा समाजकल्याणमन्त्री कुमार खड्काले समलिङ्गी वा तेस्रोलिङ्गीमाथि हुने विभेद अन्त्यका लागि भएका नीति तथा कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिदैं यस सम्बन्धी व्यापक सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

नीलहिरा समाजका अध्यक्ष पिङ्की गुरुङले राज्यका हरेक संरचनामा समलिङ्गी वा तेस्रोलिङ्गीको समान सहभागिता हुनुपर्ने र उनीहरूको शिक्षा, स्वास्थ्य, रोजगारीको सुनिश्चितता गर्नुपर्ने माग गर्नुभयो ।

राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीले तेस्रोलिङ्गीलाई शिक्षामा अग्रसर बनाउन सरकारले विशेष व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter