विपन्न परिवारका लागि एक हजार पक्की घर बन्दै

earthquake-houseलहान, जेठ ४ गते । सिरहा जिल्लाका विभिन्न नगरपालिका तथा गाउँपालिकाका दलित तथा अतिविपन्न परिवारका लागि एक हजार पक्की घर निर्माण गरिने भएको छ ।

सरकारले सञ्चालन गरेको जनता आवास कार्यक्रमअन्तर्गत आव २०७३-७४ मा दलित तथा अतिविपन्न परिवारका लागि आवास भवन (पक्की घर) निर्माण गरिने भएको हो ।

जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद, राजनीतिक दलका प्रतिनिधिलगायतको बुधबार सदरमुकामका बसेको बैठकले जनता आवास घर निर्माण नगरपालिका र गाउँपालिका तथा घर सङ्ख्या टुङ्ग्याएको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय राजविराजका प्रमुख मिलन आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकले सिरहा क्षेत्र नम्बर १ अन्तर्गत लहान नगरपालिकाको वडा नम्बर ११ र १२ मा २४ वटा घर, वडा नम्बर १३ र १४ मा २५ वटा घर, वडा नम्बर १५ मा १२ वटा घर, वडा नम्बर १६ मा ११ वटा घर, वडा नम्बर १८ मा ३४ वटा घर र वडा नम्बर २० मा १७ वटा घर निर्माण गर्ने निर्णय गरेको छ ।

यस्तै, क्षेत्र नम्बर २ अन्तर्गत साविक गाविस गाढा वडा नम्बर २, ३, ४, ५ र ६ मा १९ वटा, मझौरा वडा नम्बर २ र ४ मा २२ वटा, कचनारी वडा नम्बर २, ३, ४, ६, ७, ८ डुम बस्तीमा ४० वटा घर, इटहर्वा वडा नम्बर ३, ५, ६, ९ मा १८ वटा घर, कजरा वडा नम्बर ९ मा १० वटा र सखुवा नन्कारकट्टी वडा नम्बर ५ र ८ मा २० वटा घर निर्माण गर्ने निर्णय भएको प्रमुख आचार्यले जानकारी दिनुभयो ।

क्षेत्र नम्बर ३ अन्तर्गत साविक गाविस इटाटार वडा २, ५, ६ र ९ मा २७ वटा, लगडी गोठ वडा नम्बर ९ मा २२ वटा घर, लगडी गडीयानी वडा नम्बर ९ मा २२ घर, पिपरा प्रपि वडा नम्बर ६ मा २२ घर, औरही वडा नम्बर १, ५, ८ र ९ मा २५ घर, सिरहा नगरपालिका–६ बसबिटामा २२ वटा घर निर्माण गर्ने निर्णय भएको छ ।

सिरहा क्षेत्र नम्बर ४ अन्तर्गत साविक गाविस गौरीपुर वडा नम्बर ४, ५, ६ र ८ मा २० वटा, कविलासी वडा नम्बर ३, ४, ५, ६ मा २० वटा घर, फुलकाहाकट्टी वडा १ देखि ७ सम्ममा २० वटा घर, अयोध्यानगर वडा नम्बर १, ४, ६, ७ र ९ मा २० वटा घर, पिप्रा प्रधको वडा नम्बर १ देखि ५ सम्ममा २२ वटा घर, सुखीपुर नगरपालिकाको वडा नम्बर ७ र ९ मा २० घर, धनगढीमाई नगरपालिका वडा ३ मा २० वटा घर तथा बल्ही गाविस वडा नम्बर ५ मा २० वटा पक्की घर बनाउने निर्णय गरिएको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय राजविराजले जनाएको छ ।

क्षेत्र नम्बर ५ अन्तर्गत गोलबजार नगरपालिका–२ को सङ्ग्रामपुर, गुरुधान र टुरकियामा २७, गोलबजार नगरपालिका ६ मा २७, गोलबजार नगरपालिका–३ जमदहमा २७, बडहारामाल वडा नम्बर ७ र ९ मा २७, रामपुर बिर्ता (हाल मिर्चैया नगरपालिका–१ मुसहरी टोलमा २७, मिर्चैया नगरपालिका वडा नम्बर ४, ५ र ६ मा २७ वटा घर निर्माण गर्ने निर्णय भएको छ ।

त्यस्तै सिरहा क्षेत्र नम्बर ६ अन्तर्गत साविक गाविस मझौलियाँ वडा नम्बर १, २, ३, ४, ७ स्थित दलित बस्तीमा ५० वटा घर, बेल्हा वडा नम्बर ३, ६, ८, ९ मा ३२ घर, कल्याणपुर जब्दी वडा नम्बर १, २, ७ र ९ मा ३० वटा घर, विष्णुपुर प्रम वडा नम्बर २ र ४ मा १० वटा घर, विष्णुपुर प्ररा वडा नम्बर २ मा १० वटा घर, महेशपुर वडा नम्बर ४ र ८ मा १५ घर तथा लक्ष्मीपुर प्रम वडा नम्बर २ र ४ मा १५ वटा घर निर्माण गर्ने निर्णय भएको प्रमुख आचार्यले बताउनुभयो ।

यसका साथै गत चैतमा आगलागीबाट घरबारविहीन भएका २९ परिवारलाई समेत चालु आवभित्रै पक्की घर बनाई दिने निर्णय गरेको छ । छनोट भएका बस्तीमा केही दिनभित्रैबाट घर निर्माणको काम सुरु गरिने र चालु आवभित्र करिब २५ प्रतिशत काम सकिने लक्ष्य लिएको प्रमुख आचार्यको भनाइ छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter