• Tuesday, April 22, 2025

अन्तर्राष्ट्रिय स्तरको औद्योगिक पार्क बन्ने

Jhapa Park Dahalविष्णुप्रसाद पोखरेल /  दमक, जेठ ५ गते झापा जिल्लाको दमकमा नेपालकै सबभन्दा ठूलो औद्योगिक पार्क बन्ने भएको छ । चीनको लगानीमा बन्न लागेको ‘दमक क्लिन इन्डस्ट्रियल पार्क’का लागि नगरपालिकाको तर्फबाट गर्नुपर्ने प्रारम्भिक चरणका आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको दमक नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत युवराज दाहालले जानकारी दिनुभएको छ ।

बिहीबार दमक नगरपालिकाले कार्यालयमा नै गरेको पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी अघिकृत दाहालले दुई वर्षको प्रयासपछि यहाँ औद्योगिक पार्क निर्माणको आधार तयार भएको र नेपाल सरकारका उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले केही दिनअघि चीनमा यसबारे सम्झौता गरेको जानकारी दिनुभयो ।

चीनले लगानी गर्ने सबैभन्दा ठूलो परियोजना नै यही हुने चर्चा गर्दै दाहालले भन्नुभयो, यो दमकका लागि मात्र नभएर नेपालका लागि नै गौरवको योजना हो ।

औद्योगिक पार्क निर्माणबारे झापा क्षेत्र नंंं. ७ का सांसद समेत रहेका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला २०७२ चैत १ गते मन्त्रिपरिषद्ले निर्णय गरेको र त्यसैअनुसार नै अहिले सरकारले सम्झौता गरेर निर्माणका लागि ढोका खुला गरिदिएको हो । भर्खरै सम्पन्न अर्थमन्त्री कृष्णबहादुर महराको चीन भ्रमणका क्रममा औद्योगिक क्षेत्र विकास लिमिटेडका कार्यकारी निर्देशक एन के बस्नेतले चिनियाँ पक्षसँग हस्ताक्षर गरेपछि ‘वान बेल्ट वान रोड’ परियोजनामा यो समावेश भएको पत्रकार सम्मेलनामा प्रमुख कार्यकारी अधिकृत दाहालले स्पष्ट पार्नुभयो ।

पार्कका लागि नेपाल औद्योगिक क्षेत्र विकास लिमिटेडको नाममा करिब दुई सय बिघा जमिनको व्यवस्था भइसकेको र अब यसलाई पाँच सय बिघा पु¥याउने योजानका साथ काम भइरहेको जनाइएको छ । सम्झौतामा ओबीओआरलाई जमिन ४० वर्षका लागि लिजमा दिने उल्लेख रहेको बताइन्छ । दाहालले भन्नुभयो, पार्कमा इलेक्ट्रोनिक, अटो मोबाइल्स, गार्मेन्ट, खाद्यान्नलगायत अन्तर्राष्ट्रिय मापदण्डका ९० उद्योग स्थापना हुनेछन् । ’

नेपाल, भारत, बङ्गलादेश र म्यानमारको बजारमा आफ्नो पहुँच विस्तार गर्न दमकमा इन्डस्ट्रियल पार्क निर्माण हुने भएकाले यसले अन्तर्राष्ट्रिय महìव पाउने पनि पत्रकार सम्मेलनमा जनाइएको छ ।   पार्क निर्माणले यहाँका एक लाख जनाले रोजगार पाउने पनि दाबी गरिएको छ ।

पाँच सय बिघा जमिन चाहिने भएकाले बाँकी जग्गाका लागि अधिग्रहणको तयारी भएको र यसका लागि बजेट पनि छुट्टिइसकेको बताइएको छ । हाल दमक १० र साविक दमक १९, सँगै जोडिएको कमल गाउँपालिकाको वडा नं. ७ मा जग्गाको व्यवस्था गरिने बताइएको छ ।

राजनीति नगर्न आग्रह

चीनमा भएको सम्झौतापछि स्थानीय तहको निर्वाचन प्रभावमा पार्न राजनीतिक दल तथा त्यसका उम्मेदवारले सामाजिक सञ्जाल र भाषणमा आफूले गरेको काम भन्दै चर्चा गरिएको भन्दै यस्तो नगर्न नगरपालिकाले आग्रह गरेको छ । कार्यकारी अधिकृत दाहालले भन्नुभयोे, पार्क कुनै व्यक्ति वा राजनीतिक दलले अहिले ल्याएको होइन, यसको प्रक्रिया सुरु भएको दुई वर्ष बितेको छ र नगरपालिकाको पहल तथा सरकारको अग्रसरतामा आएको हो ।

यसको कार्यान्वयनको जिम्मेवारी निकाय नगरपालिकाका हुने र विवाद सिर्जना भएमा यति ठूलो कामबाट विदेशीले हात झिक्नसक्ने कुरामा सचेत गराउँदै दाहालले भन्नुभयो, तीन सय अर्ब रुपियाँ लगानी र ९० वटा अन्तर्राष्ट्रियस्तरका उद्योग बन्नबाट र एक लाखले रोजगारी पाउने अवस्था रोक्ने काम गर्ने गतिविधि कसैबाट हुनुहँुदैन ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter