बजार गुमाउँदै तयारी पोसाक

ready made garmentकाठमाडौँ, जेठ ८ गते । अत्यधिक निर्यात सम्भावना बोकेको तयारी पोसाकको निर्यात पछिल्लो समय झन् घट्दो क्रममा छ । सरकारले निर्यातजन्य वस्तुलाई प्राथमिकतामा राखेको र अमेरिकाले पनि यसको निर्यातमा नेपाललाई भन्सार छुटको सुविधा दिएको अवस्थामा पनि तयारी पोसाकको निर्यात आशलाग्दो गतिले बढ्नुको सट्टा झन् घट्न थालेको हो ।

अन्तर्राष्ट्रिय बजारमा मूल्यका हिसाबले प्रतिस्पर्धा गर्न नसकेपछि नेपाली उत्पादनले सम्भावित बजार पनि गुमाउँदै गएको उत्पादकको भनाइ छ । ‘हाम्रो तयारी पोसाक अरू देशको भन्दा निकै महँगो हुँदा पनि बजार घट्दै गएको हो’ नेपाल तयारी पोसाक उत्पादक सङ्घका अध्यक्ष चण्डीप्रसाद अर्यालले भन्नुभयो । उहाँका अनुसार नेपालबाट निर्यात हुने तयारी पोसाक अन्तर्राष्ट्रिय बजारमा १८ प्रतिशतसम्म महँगो पर्छ ।

निर्यातमा न्यून नगद प्रोत्साहन, जनशक्तिको अभाव तथा अन्य प्रक्रियागत झण्झटका कारण लागत बढ्दा तयारी पोसाकको मूल्य पनि बढ्दै गएको उत्पादकहरूको भनाइ छ । त्यस्तै अमेरिकाले भन्सार छुटका रूपमा तोकेका वस्तुको बजार खासै ठूलो नभएकोले पनि चर्चा भएअनुसार निर्यात नबढ्ने दाबी उनीहरूको छ । ‘अमेरिकाले दिएको छुटमा हामीले धेरै उत्पादन गर्ने वस्तु नै समावेश छैनन्’ सङ्घका अध्यक्ष अर्यालले भन्नुभयो । सरकारले तयारी पोसाकको निर्यात प्रवद्र्धनलाई प्राथमिकतामा राखेर नयाँ कार्यक्रम लागू गर्न नसके यसको निर्यात आगामी वर्ष अझै ठूलो दरले थप घट्दै जाने उहाँले बताउनुभयो ।

तयारी पोसाक उत्पादकले सरकारसँग यसअघि यसको निर्यातमा प्रदान गरिने नगद प्रोत्साहनलाई १० प्रतिशत पु¥याउन माग गरेका थिए । अहिले यसको निर्यातमा बढीमा दुई प्रतिशतसम्म नगद प्रोत्साहन उत्पादकले पाउँदै आएका छन् । नगद प्रोत्साहन बढाइएको अवस्थामा तयारी पोसाकको बजार मूल्य पनि अन्य देशकै समान निर्धारण गर्नसकिने र यसले निर्यात पनि बढ्ने उनीहरूको दाबी छ ।

व्यापार तथा निर्यात प्रबद्र्धन केन्द्रका अनुसार चालु आर्थिक वर्षको चैतसम्म नेपालबाट तीन अर्ब ९७ करोड ४६ लाख रुपियाँ बराबरको तयारी पोसाक निर्यात भएको छ । यो मूल्य अघिल्लो आर्थिक वर्षको तुलनामा करिब १० प्रतिशतले कम हो । अघिल्लो आवको चैत महिनासम्म मात्रै करिब चार अर्ब ४० करोड रुपियाँको तयारी पोसाक निर्यात भएको थियो । अमेरिकाले वि.सं. २०७२ फागुन १२ गते नेपाललाई करिब पाँच दर्जन तयारी पोसाकको निर्यातमा भन्सार छुट दिने निर्णय गरेको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter