विद्यालय भवन पुनःनिर्माण गर्न रु पाँच लाख

schoolम्याग्दी, जेठ ९ गते । रघुगङ्गा गाउँपालिका–३ भगवतीमा रहेको अन्नपूर्ण आधारभूत विद्यालयको भवन पुनःनिर्माणका लागि एक विदेशी संस्थाले रु पाँच लाख आर्थिक सहयोग गरेको छ ।

२०७२ वैशाख १२ र २९ गतेको भूकम्पले क्षति पुगेका कक्षाकोठा भवन पुनःनिर्माणका लागि बेल्जियमको हिमालयन परियोजनाले सो आर्थिक सहयोग गरेको हो । संस्थाका पवल भन्द्रे मुर्टेल र निता बुदुजा पुनले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन भण्डारीलाई सोमबार सो रकम हस्तान्तरण गर्नुभएको हो ।

संस्थाका मुर्टेल र बुदुजाले गतवर्ष पूर्व विद्यार्थी राजु गिरीको पहलमा क्षतिग्रस्त विद्यालयको अवलोकन गर्नुभएको थियो । सो विद्यालयमा हाल तीन कोठे भवन पुनःनिर्माण भइरहेको छ । जिल्ला शिक्षा कार्यालयले रु ३१ लाख अनुदान उपलब्ध गराएको छ । शिक्षा कार्यालयको अनुदान अपुग हुने भएपछि बाह्य स्रोतबाट समेत आर्थिक जुटाइएको अध्यक्ष भण्डारीले बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter