• Monday, April 14, 2025

उदयपुर सिमेन्ट उद्योग प्रदूषणरहित बनाइँदै

udaypur-cement-factoryगाईघाट (उदयपुर), जेठ १२ गते । नेपालकै सबैभन्दा ठूलो र सरकारी स्वामित्वमा रहेको उदयपुर जिल्लाको जलजलेमा अवस्थित उदयपुर सिमेन्ट उद्योग अब धुलो, धुवाँ र प्रदूषणरहित बनाइने भएको छ ।

उद्योग प्रशासनका अनुसार उद्योगमा धुलो तथा धुवाँ नियन्त्रण गर्ने मेसिन जडान गर्न लागिएका कारण अब उद्योगबाट निस्कने सम्पूर्ण धुवाँ र धुलो नियन्त्रण हुने र उद्योग प्रदूषणरहित हुन लागेको कुरा बताएको छ ।

भारतबाट उद्योगमा प्रदूषण नियन्त्रण गर्ने झन्डै रु तीन करोडको मेसिन खरिद गरेर ल्याउने तयारी भइरहेका कारण अब एक दुई महिनाभित्र नै उदयपुर सिमेन्ट उद्योगमा मेसिन जडान गर्ने तयारी भएको कुरा सिमेन्ट उद्योगका महाप्रबन्धक सुरेन्द्रकुमार पौडेल बताउनुहुन्छ ।

उद्योगले हाल प्रतिघन्टा दुई टन धुलो र धुवाँ फाल्ने गरेकाले उद्योग र यसका क्षेत्र वरपरसमेत प्रदूषण बढ्दै गइरहेका कारण पनि अब मेसिन जडान गरेर उद्योगबाट हुने प्रदूषण शून्यमा झार्ने योजनाका साथ कार्य भइरहेको पनि उद्योगका महाप्रबन्धक पौडेल बताउनुहुन्छ ।

धुलो र धुवाँ दुवै नियन्त्रण गर्नका लागि इलेक्ट्रो स्टारिक पावर (इएसपी) मेसिन जडान गर्ने कार्य हुन लागेका कारण उद्योगमा प्रदूषण शून्यमा झर्ने दाबी पनि उद्योग प्रशासनको रहेको छ ।

उद्योग स्थापना भएयता अहिले उद्योगको क्षमताअनुसार दैनिक ८०० मेट्रिक टन सिमेन्ट उत्पादन क्षमता बढाइएका कारण पनि अब उद्योण क्षेत्रमा प्रदूषण र धुलो वृद्धि हुँदै गइरहेकाले नियन्त्रण गर्न मेसिन जडान गर्नु अनिवार्य भएको समेत उद्योग प्रशासनले बताएको छ ।

स्मरण रहोस्, वातावरणविद्हरुका अनुसार उदयपुर सिमेन्ट उद्योगले सिमेन्ट उत्पादन गर्ने कार्यमा धुवाँ तथा धुलोसमेत उत्पादन भई उदयपुरको जलजले र त्रियुगा नगरपालिका क्षेत्रमा वातावरण प्रदूषण हुँदै आएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter