• Saturday, April 12, 2025

गत बर्ष घटेको प्रति ब्यक्ति बढ्यो, बर्षभरीको कमाइ ८८७२५ रुपैयाँ

Finance Ministryकाठमाडौँ, जेठ १४ गते । भुकम्प र नाकाबन्दीका कारण गत आर्थिक बर्ष नेपालीहरुको प्रतिब्यक्ति आम्दानी करिव एक हजार रुपैयाँले घटेपनि यसपाली भने सुधार भएको छ। एक नेपालीको आम्दानी १०५ डलरले बढेर ८६२ डलर पुगेको छ।

नेपाली रुपैयाँमा परिवर्तन गर्दा एक बर्षमा एक नेपालीको बार्षिक आम्दानी १० हजार ८१५ रुपैयाँले बढेको हो। नेपाल राष्ट्र बैकले आइतबारका लागि तोकेको एक अमेरिकी डलरको भाउ १०३ रुपैयाँलाई आधार मान्दा यो हिसाव निस्किएको हो।

गत बर्ष भुकम्पपछिको नाकाबन्दीका कारण नेपालीहरुको आम्दानी करिव १ हजार रुपैयाँले घटेको थियो। अब एक नेपालीको बार्षिक आम्दानी ८८ हजार ७८५ रुपैयाँ पुगको छ।

अर्थमन्त्री कृष्णवहादुर महराले संसदमा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण अनुसार ६ बर्षअघि पनि नेपालीहरुको आय घटेको थियो। त्यसपछि निरन्तर सुधार देखिएको आयमा गत बर्ष ब्रेक लागेको थियो। सरकारले भोलि बजेट ल्याउँदैछ। बजेटपूर्व आर्थिक सर्वेक्षण सार्वजनिक गर्नुपर्छ।

आर्थिक बृद्धि दरमा पनि सुधार देखिएको छ। गत बर्ष आर्थिक बृद्धिदर लक्ष्य ०.७७ प्रतिशतको लक्ष्य राखिएपनि हासिल ०.०१ प्रतिशत मात्र भएको थियो। यसपाली भने ५.९४ प्रतिशत पुग्ने सरकारी प्रक्षेपण छ।

कृषि सुधार, अनुकुल मौसम, पूँजीगत खर्चमा सुधार, उर्जाको समुचित व्यवस्थापन, आपूर्ति पक्षमा आएको सुधारले आर्थिक बृद्धिदर उक्लिएको अर्थमन्त्रीको तर्क छ।

उनले सेवा क्षेत्रको अंश बढ्नु संतोषजनक रहे पनि कृषिको अंश घटेकोमा चिन्ता देखाए।

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter