राजदूत प्रा.डा.सिंहलाई सम्मान

DSC_1558काठमाडौं, १६ जेठ । कान्तिपुर सिटी कलेजका संस्थापक प्रिन्सिपल प्रा.डा.महेन्द्र सिंहलाई उहाँ साउदी अरेबियाका लागि नेपालको राजदूतमा नियुक्त हुनुभएकोमा उक्त कलेजद्वारा सम्मान गरिएको छ ।

सो कलेजमा आज आयोजित कार्यक्रममा राजदूत सिंहलाई सम्मानपत्र एवम् विशेष उपहारद्वारा सम्मान गरिएको गरिएको थियो ।

कान्तिपुर सिटी कलेजद्वारा आयोजित सो समारोहमा कलेजका संस्थापक अध्यक्ष हेमन्त शमशेर राणा, कलेजका वर्तमान अध्यक्ष सुमन कटवाल, प्रबन्ध निर्देशक प्रल्हाद कार्की र पत्रकारिताका प्राध्यापक रामकृष्ण रेग्मीले उहाँलाई सामुहिक रुपमा सम्मान प्रदान गर्नुभएको थियो ।

त्यस अवसरमा उहाँहरुले राजदूत सिंहलाई बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी कार्यकालको पूर्ण सफलताको कामना गर्नुभएको थियो ।

उक्त कार्यक्रममा प्रा.डा. सिंहले नेपालको शिक्षा क्षेत्र एवम् कान्तिपुर सिटी कलेजमा पु¥याउनुभएको योगदानका बारेमा चर्चा गरिएको थियो । नेपालको शिक्षा क्षेत्रमा लामो समयसम्म योगदान पु¥याुनभएको राजदूत सिंह त्रिभुवन विश्वविद्यालयको पूर्व रजिस्ट्रार हुनुभएको थियो ।

राजदूत प्रा.डा.सिंहले आफूले साउदी अरेबियिामा रहेर नेपालको श्री बृद्धि एवम् त्यहाँ रहेका नेपालीहरुको सहयोग र समन्वयका क्षेत्रमा कामगर्ने बताउनुभएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter