• Saturday, April 12, 2025

आफ्नै भवनमा स्पाइनल इन्जुरी सङ्घ

President Disabled Sportsकाठमाडौँ, जेठ १६ गते । मेरुदण्डमा चोट लागेका बिरामीको पुनःस्थापनाका लागि काम गरिरहेको स्पाइनल इन्जुरी सङ्घ नेपालको आफ्नै भवन बनेपामा बनेको छ ।

महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयका सचिव खगराज बरालले आज उद्घाटन गर्दै मन्त्रालयले मेरुदण्डमा चोट लागेर दुःख पाएका मानिसको उपचारका लागि सहयोग गरिने बताउनुभयो ।

नेपाल सरकारको संयुक्त लगानीमा काभ्रेको भैँसेपाटीमा पहिलो चरणको भवन बनेको सङ्घका कार्यकारी निर्देशक इशा थापाले जानकारी दिनुभयो । सन् २००२ देखि बिरामीको पुनःस्थापनाका लागि आवश्यक पर्ने चिकित्स तथा नर्सिङ सेवा, फिजियोथेरापी, अकुपेसनल थेरापी, सामाजिक तथा परामर्श सेवा, ह्विलचेयर सेवा, ओपिडी तथा विभिन्न किसिमका व्यावसायिक तालिम सञ्चालन गर्दै आएकामा काभ्रेको भैँसेपाटीमा स्वास्थ्य मन्त्रालयको स्वीकृति लिई ५१ श्ययाको स्पाइनल इन्जरी पुनःस्थापना केन्द्र सञ्चालन गरिएको छ ।

पुनःस्थापनापछि घर फर्किएकाहरुलाई आत्मनिर्भर बनाउन केन्द्रले व्यावसायिक तालिम प्रदान गर्दै आएको छ । सङ्घका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र संस्थापक अध्यक्ष कनकमणि दीक्षितले भवनको निर्माणबाट मेरुदण्डमा चोट लागेका व्यक्तिलाई जीविकोपार्जनमा मद्दत पुगी आत्मनिर्भर हुन थप सहयोग पुग्ने आशा व्यक्त गर्नुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter