स्थानीय तह निर्वाचन फेरि स¥यो, असार १४ मा गर्ने मन्त्रिपरिषद्को निर्णय; भरतपुर मतगणना विवादः च्यातिएको मतपत्रको संख्या यकिन गरेर पठाउन आयोगको निर्देशन

Election Commissionकाठमाडौँ, जेठ १७ गते । दोस्रो चरणको स्थानीय तह निर्वाचन असार १४ गते बुधबार हुने भएको छ । यसअघि सरकारले दोस्रो चरणको निर्वाचन असार ९ गते गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्थानीय तहको दोस्रो चरणको निर्वाचन पाँच दिन पर सार्ने निर्णय गरेको हो ।

मुसलमान समुदायको पवित्र पर्व रमजानको अन्तिम दिन असार ९ गते परेकाले सरकारले निर्वाचन पर सारेको उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले जानकारी दिनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो चरणको निर्वाचनको मितिका बारेमा निर्वाचन आयोगका पदाधिकारीसित मङ्गलबार छलफलसमेत गर्नुभएको थियो ।

“दोस्रो चरणको निर्वाचनको मिति जेठ ३१ लाई सारेर असार ९ गते भनिएको थियो, असार ९ गते पनि मुसलमान समुदायको रमजान पर्वको अन्तिम दिन पर्ने भएकाले र मधेसवादी दलहरूलाई पनि निर्वाचनमा सहभागी गराउने उद्देश्यले निर्वाचन सारिएको हो”, उपप्रधानमन्त्री निधिले भन्नुभयो ।

भरतपुर मतगणना विवादः च्यातिएको मतपत्रको संख्या यकिन गरेर पठाउन आयोगको निर्देशन
निर्वाचन आयोगले चितवनको भरतपुर महानगरपालिकामा पुनः मतदान नगर्ने संकेत दिएको छ । भरतपुरको वडा नम्बर १९ को मतगणनाका क्रममा मतपत्र च्यातिएपछि विवाद भएको थियो ।

विवादपछि गठित छानबिन समितिले बुझाएको प्रतिवेदनपछि आयोगले गणनाको क्रममा रहेका मतपत्र मध्ये च्यातिई नोक्सान भएका मतपत्रको संख्या यकिन गरी प्रतिवेदन पठाउन मुख्य निर्वाचन अधिकृत, भरतपुर महानगरपालिका चितवनलाई लेखी पठाउने निर्णय गरेको छ ।

विवादपछि गठित समितिले बुधबार आयोगले आफ्नो प्रतिवेदन बुझाएको थियो । समितिको प्रतिवेदन बुझेपछि निर्वाचन अयोगले यस्तो निर्देशन दिएको हो ।

मतपत्र च्यातिएको घटनाको सम्बन्धमा मुख्य निर्वाचन अधिकृतको कार्यालय, चितवन तथा जिल्ला निर्वाचन कार्यालय चितवनको प्रतिवेदन तथा यस आयोगबाट खटिएको अनुगमन टोलीकोे प्रतिवेदन समेतको आधारमा उक्त घटनामा केही मतपत्र च्यातिएको भन्ने व्यहोरा उल्लेख भएको तर के कति संख्यामा मतपत्र च्यातिएको भन्ने यकिन उल्लेख नभएको आयोगले जनाएको छ ।

‘‘गणना भएका तथा गणनाको क्रममा रहेका मतपत्रहरु जहाँ जे जस्तो अवस्थामा थिए सोही अवस्थामा नै एकै पोको पारी शिलबन्दी गरी राखिएको भन्ने उल्लेख भई आएको देखिँदा उक्त शिलबन्दी पोको पर्याप्त सुरक्षा व्यवस्था सहित सम्भव भएसम्म भरतपुर महानगरपालिकामा प्रमुख, उपप्रमुख र सम्बन्धित वडामा उम्मेदवारी दिएका उम्मेदवार वा निजका एक एक जना प्रतिनिधि, चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला प्रहरी कार्यालयका प्रमुख समेतको रोहवरमा खोली गणनाको क्रममा रहेका मतपत्र मध्ये च्यातिई नोक्सान भएका मतपत्रको संख्या यकिन गरी प्रतिवेदन पठाउन मुख्य निर्वाचन अधिकृत, भरतपुर महानगरपालिका चितवनलाई लेखी पठाउने ।” भनी अयोगले निर्देशन दिएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले विज्ञप्ति मार्फत जनाएका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter