लोकप्रिय किबी फल बाग्लुङका विभिन्न ठाउँमा विस्तार

Kiwi-Farmingबाग्लुङ, जेठ १७ गते । फलको राजाको रुपमा लिइने किबीको बाग्लुङका विभिन्न ठाउँमा विस्तार हुन थालेको छ ।

पूर्वका विभिन्न जिल्लामा व्यावसायिक रुपमा किबी खेती गरिँदै आएकोमा केही वर्षयता पश्चिमी पहाडमा पनि गर्न थालिएको हो । किबीको माग देश विदेशमा बढ्न थालेपछि पश्चिमी पहाडमा किबीको खेती विस्तार हुँदै गएको जिल्ला कृषि विकास कार्यालय बाग्लुङले जनाएको छ । कृषि विकास कार्यालय बाग्लुङका अनुसार धौलागिरीका बाग्लुङ, पर्वत म्याग्दी लगायत पश्चिमका धेरै जिल्लामा यसको व्यावसायिक खेती गर्न थालिएको छ ।

बाग्लुङमा सबैभन्दा पहिले मेहरसिंह पाइजाले २०५७ सालमा इलामबाट ल्याएर रोप्नुभएको थियो । रोपेको सात वर्षपछि फल दिन थालेपछि त्यसको व्यावसायिक रुपमा खेतीको सोधखोजको सुरु भएको थियो । हाल बडिगाड गाउँपालिकाको अध्यक्षमा निर्वाचित बन्नुभएका पाइजाले आफूले बडिगाड गाउँपालिका क्षेत्रलाई किबी खेतीको पकेट क्षेत्रका रूपमा विकास गर्ने सोच बनाएको बताउनुभयो ।

विश्व बजारमा किबीको माग अत्यधिक भएकाले आफूले पनि व्यावसायिक खेती गर्न थालिएको बाग्लुङ बुर्तिवाङका किसान राजेन्द्र पुनको भनाइ छ । दुई वर्षअघि जिल्ला कृषि विकास कार्यालय बाग्लुङबाट ल्याएर रोपेका बिरुवामा फल्न थालेपछि आफू व्यावसायिक किबीको खेती गर्न लागेको उहाँले बताउनुभयो । उहाँको बारीमा अहिले १७५ वटा बिरुवा हुर्किरहेका छन् । परीक्षणकै लागि लगाइएको एउटा बोटबाट ५०–६० केजी किबी फलेपछि अन्य किसान पनि आकर्षित बनेका छन् ।

यतिबेला बाग्लुङका बुर्तिवाङ, ग्वालीचौर, भकुण्डे, तित्याङ लगायतका गाउँमा किबी खेती गर्न थालिएको छ । किबी खेती विस्तारका जिल्ला कृषि विकास कार्यालय बाग्लुङले बर्सेनि आठ सयदेखि एक हजार बिरुवा अनुदानमा बिक्री गर्दै आइरहेको छ । पहाडी भू–भागको एक हजार पाँच सय मिटरदेखि दुई हजार मिटरम्मको उचाईमा राम्रो हुने किबी माघ महिनामा रोपिने जिल्ला कृषि विकास कार्यालय बाग्लुङका कृषि प्रसार अधिकृत विप्लभ अधिकारीले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter