आजदेखि बजार अनुगमन

fair_prices_shopsकाठमाडौँ, जेठ २३ गते । आपूर्ति व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण विभागको नेतृत्वमा मङ्गलबारदेखि एक सातासम्म छड्के रूपमा बजार अनुगमन गरिने भएको छ । विभागले सोमबार पत्रकार सम्मेलन गरी २३ गते मङ्गलबारदेखि २९ गते सोमबारसम्म उपत्यकाका विभिन्न ठाउँका बजारको विशेष रूपमा छड्के अनुगमन गरिने जानकारी गराइएको हो ।

पत्रकार सम्मेलनमा विभागका महानिर्देशक कुमारप्रसाद दाहालले दैनिक उपभोग्य वस्तुको विशेष अनुगमनका लागि विभिन्न पाँचवटा छुट्टाछुट्टै समूह बनाइएको जानकारी दिनुभयो ।

बजार अनुगमनका क्रममा दुग्ध तथा खानेपानी, माछामासु वधशाला तथा पसल, औषधि पसल तथा स्वास्थ्य क्लिनिक, होटल मीठाई तथा खाद्य, पेट्रोलियम पदार्थ, ग्यास तथा निर्माण सामग्री र यातायातलगायतको सात दिनसम्म दैनिक अनुगमन गरिने बताइएको छ ।

अनुगमनमा आपूर्ति विभागसहित खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, औषधि व्यवस्था विभाग, पशुसेवा विभाग, स्वास्थ्य सेवा विभाग, आयल निगमन, नापतौल विभाग, उपभोक्ता अधिकारकर्मी, पत्रकार, सुरक्षाकर्मी सम्बन्धित क्षेत्रका राजनीतिक प्रतिनिधिलगायतको उपस्थिति रहनेछ ।

विभागबाट नियमित बजार अनुगमन हुँदै आए पनि प्रभावकारी हुन नसकेको भन्दै उपभोक्ताले चौतर्फी गुनासो गर्दै आएकाले यसपटक एक सातासम्म विशेष अनुगमन गर्न लागेको पनि महानिर्देशक दाहालले जानकारी गराउनुभयो ।

उहाँले भन्नुभयो, यस पटकको अनुगमन प्रचारका लागि मात्रै नभएर उपभोक्तालाई साँच्चिकै प्रत्यक्ष राहत हुने र परिणाम देखिने गरी गर्ने छौँ, अनुगमनका लागि त्यहीअनुरूपको जनशक्ति तयार गरेका छौँ । विभागले गएको असोज १ गतदेखि नियमित रूपमा एक टोली बजार अनुगमन गर्दै आएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter