पेट्रोल, डिजेल, मट्टितेल र ग्यासको मूल्य घट्यो

The Wider Image: Fuel prices around the worldकाठमाडौँ, असार १८ गते। नेपाल आयल निगमले आज (आइतबार) रातिबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

निगम प्रवक्ता सिताराम पोख्रेलका अनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य समान २ रुपैयाँ प्रतिलिटर घटाइएको छ । हवाइ इन्धन प्रतिलिटर ४ रुपैयाँ र खाना पकाउने एलपी ग्यासको मूल्य २५ रुपैयाँ प्रतिसिलिन्डर घटाइएको छ ।

मूल्य घटेपछि सोमबार बिहानबाट प्रतिलिटर पेट्रोल ९८ रुपैयाँ, डिजेल तथा मट्टितेल ७४ रुपैयाँमा उपभोक्ताले खरिद गर्न पाउनेछन् । हवाइ इन्धन ८२ रुपैयाँ प्रतिलिटर र खाना पकाउने ग्यास एक हजार तीन सय ५० रुपैयाँ प्रतिसिलिन्डरमा उपलब्ध हुनेछ ।

पेट्रोलियमको मूल्य घटाएपछि पनि आयल निगमलाई आगामी १५ दिनमा ४० करोड रुपैयाँ मुनाफा हुनेछ ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter