• Wednesday, May 21, 2025

कृषकले पाए लप्सी प्रशोधन गर्ने आधुनिक उपकरण

lapsiफलेवास (पर्वत), असार १९ गते। आधुनिक उपकरणकोे अभावमा जिल्लामा उत्पादित लप्सी खेर गइरहेका बेला पहिलोपटक पर्वतमा आधुनिक उपकरण भित्रिएको छ ।
नेपालमा मात्र पाइने र सबैभन्दा बढी पर्वत जिल्लामा उत्पादन हुने लप्सीको उचित रुपमा प्रशोधन हुन नसक्दा जिल्लाका अधिकांश स्थानमा उत्पादित लप्सी कुहिएर जाने गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घको एक गाउँ एक उत्पादनमा समेत समेटिएको लप्सी पर्वतका ३५ वटा साबिकका गाविसमा सफल रुपमा उत्पादन हुँदै आएको छ । वार्षिक रुपमा १४ हजार मेट्रिक टन लप्सी उत्पादन भए पनि प्रशोधनको अभावमा कृषकले उचित मूल्य पाउन सकेका छैनन् भने अधिकांश लप्सी बोटबाटै झरेर खेर जाने गरेको छ ।

प्रशोधन मेसिन नहुँदा उत्पादित लप्सीको ६० प्रतिशत खेर जाने गरेको अवस्थालाई मध्यनजर गर्दै व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले तीनवटा आधुनिक उपकरण उपलब्ध गारएको हो ।
पश्चिमाञ्चल क्षेत्रीय प्रशासक बिगेन्द्रराज शर्माले सदरमुकाम कुश्माबजारमा आइतबार आयोजित एक कार्यक्रममा झाँक्रीसल्ला लप्सी तथा खाद्यान्न उद्योगका खडानन्द शर्मा, सामुदायिक खाद्य प्रशोधन केन्द्रका सञ्चालक थानेश्वर भुसाल र लप्सी विकास समूह खानीगाउँका सञ्चालक जीतबहादुर नेपालीलाई सो उपकरण हस्तान्तरण गर्नुभएको थियो ।

अहिले उक्त उपकरणको बजार मूल्य रु एक लाख ६० हजार छ । उक्त उपकरणमा लप्सीका दाना राखेपछि बोक्रा, बिया र गुदी छुट्टाछुट्टै निस्किने हुँदा उत्पादन गर्न चाहेको वस्तु सहज रुपमा उत्पादन गर्न सकिने पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिओम शर्मा लामिछानेले जानकारी दिनुभयो ।

पर्वतमा अहिले पनि प्रशोधन उपकरणको अभावमा कृषकले लप्सीका दाना बिक्री गर्ने गरेका छन् भने केहीले परम्परागत रुपमा प्रशोधन गरेर जाम, अचार, क्यान्डी, माडा, धुलोलगायत सात प्रकारका खाद्यवस्तु उत्पादन गर्दै आएका छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter