• Monday, May 19, 2025

मन्त्रिपरिषद्मा महिलाको सहभागिता एक तिहाइ पु¥याउन माग

Nepali Womenकाठमाडौँ, असार २० गते । अन्तरपार्टी महिला सञ्जालले मन्त्रिपरिषद्मा महिलाको सहभागिता एक तिहाइ पु¥याउन माग गरेको छ ।

सञ्जालले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई सिंहदरबारमा ध्यानाकर्षण पत्र बुझाउँदै निकट भविष्यमा विस्तार हुने मन्त्रिमण्डलमा संविधानको भावना र मर्मबमोजिम महिलाको न्यूनतम एक तिहाइ प्रतिनिधित्व सुनिश्चितता गर्न माग गरेको हो ।

संवैधानिक आयोग, कूटनीतिक निकाय र अन्य सरकारी निकायमा न्यूनतम ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गर्न पनि माग गरेको सञ्जालका महासचिव यशोदा सुवेदीले जानकारी दिनुभयो ।

सञ्जालले नगरपालिकाको प्रमुख, गाउँपालिकाको अध्यक्ष र वडाध्यक्षमा कम्तीमा ५० प्रतिशत महिलाको उम्मेदवारी दिने व्यवस्था मिलाउन, दलित महिला नभएको अवस्थामा सो स्थानमा अन्य समुदायका महिलाको उम्मेदवारी दिन सकिने व्यवस्था गर्न, न्यायिक समितिमा व्यवस्था भएको तीनजना सदस्यमध्ये एकजना महिलाको समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गराउनसमेत प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएको हो ।

सो अवसरमा प्रधामन्त्री देउवाले स्थानीय तहको निर्वाचनबाट मुलुकभर महिलाको सहभागिता बढेको बताउँदै मन्त्रिमण्डलमा आवश्यक मात्रामा महिलाको सहभागिता बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter