२ सय ८८ स्थानीय तहको नतिजा सार्वजनिक (सूचिसहित)

Vote-counting-Kathmanduकाठमाडौँ, असार २० गते । स्थानीय तहको दोस्रो चरणमा असार १४ गते सम्पन्न ३ सय ३४ स्थानीय तहमध्ये २ सय ८८ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । जसमध्ये एमाले पहिलो स्थानमा छ भने नेपाली काँग्रेस दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ ।

सार्वजनिक नतिजाअनुसार एमालेले हालसम्म एक उपमहानगरपालिका र २८ नगरपालिकासहित १ सय २५ स्थानीय तहमा जित हासिल गरेको छ ।
नेपाली काँग्रेसले ३६ वटा नगरपालिकासहित १ सय ८ स्थानीय तहमा प्रमुखसहित जित हासिल गरेको छ ।

नेकपा माओवादी केन्द्रले ८ नगरपालिकासहित ३६ स्थानीय तहमा जित हासिल गरेको छ । अन्य दलहरु संघीय समाजवादी फोरम र नेपाल लोकतान्त्रिक फोरमले ६, ६ स्थानमा जित हासिल गर्दा राप्रपाले एक उपमहानगरपालिकासहित ३ तथा राष्ट्रिय जनमोर्चाले स्थानीय तहमा प्रमुखसहित जित हासिल गरेको छ । स्वतन्त्र उम्मेदवारले भने दुई स्थानीय तहको प्रमुख जितेका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter