• Tuesday, April 22, 2025

कामदारमैत्री नियम बनाउनपर्छ – सभापति

Labor, Foreign Employmentकाठमाडौँ, असार २६ गते । व्यवस्थापिका–संसद् अर्थसमितिका सभापति प्रकाश ज्वालाले वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित गर्न कामदारमैत्री नियम बनाउनपर्नेमा जोड दिनुभएको छ ।
नेपाल प्रगतीशील वैदेशिक रोजगार व्यवसायी सङ्घ र नेपाल वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चले संयुक्तरुपमा आयोजना गरेको भेलामा उहाँले सम्झौताअनुसार कार्य नगर्ने स्वदेशी मेनपावर तथा विदेशी रोजगारदाता कम्पनीलाई कालोसूचीमा राख्नुपर्ने बताउनुभयो ।

नेकपा (एमाले) का पोलिटब्यूरो सदस्यसमेत रहनुभएका सभापति ज्वालाले कामदार तथा व्यवसायीबीच पारस्परिक सम्बन्ध, सहयोग तथा एकता कायम गर्न नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको आसन्न निर्वाचनमा वामपन्थी तालमेलले नेतृत्व लिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

नेपाल प्रगतीशील वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष रोहन गुरुङले मुलुकमा कूल गार्हस्थ्य उत्पादनको करिब ३१ प्रतिशत र गरिबी निवारणमा ४१ प्रतिशत विप्रेषणको योगदान रहेको जानकारी दिनुभयो ।

नेपाल वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चका अध्यक्ष रामप्रसाद भन्तनाले संशोधनको प्रक्रियामा रहेका वैदेशिक रोजगार ऐन–२०६४ को प्रस्तावित मस्यौदालाई पूर्णरुप दिनुपर्नेमा जोड दिनुभयो ।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत तथा पूर्व अध्यक्षद्वय गगन विष्ट र राजेन्द्र अर्याललगायतले यही असार ३० गते हुने सङ्घको निर्वाचनमा समाचार सम्प्रेषणको क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter