कैलालीमा ८५ प्रतिशत धान रोपाइँ

Paddyधनगढी, असार २७ गते । कैलालीमा सोमबारसम्म ८५ प्रतिशत धान रोपाइँ पूरा भएको छ ।

यस वर्ष मनसुन असार १५ गते पछि मात्र सक्रिय हुँदा रोपाइँ ढिलो गरी सुरु भएको जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत कोमल शाहीले बताउनुभयो ।

जिल्लामा ७२ हजार ४०० हेक्टर जग्गामा वर्षे धानबालीको खेती हुने गरेकामा आधा भन्दा बढी क्षेत्रफलको जग्गामा सिँचाइ सुविधा छैन । सिँचाइ सुविधाको भरपर्दो व्यवस्था नहुँदा किसानले आकासको पानीको भरमा रोपाइँ गर्ने गरेका छन् । किसानले सावा मन्सुली, राम धान, राधा ४, सुख्खा ३, सावित्रीलगायत उन्नत जातको धानखेती गर्ने गरेका छन् ।

रासायनिक मल प्रर्याप्त

अनुदानको मल बिक्री वितरणको जिम्मा लिएको कृषि सामग्री कम्पनी लिमिटेड धनगढीले यस वर्षको धानखेतीका लागि रासायनिक मलको मौज्दात प्रर्याप्त रहेको जनाएको छ ।

कार्यालयका प्रमुख दुर्गाप्रसाद पाण्डेयका अनुसार डिएपी १६६ मेट्रिक टन, युरिया एक हजार ६०० मेट्रिक टन र पोटास २९० टन मौज्दात रहेको छ । अघिल्ला वर्षसम्म खेती गर्ने समयमा मलको अभाव हुने गरेको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter