• Saturday, April 12, 2025

क्षेत्र निर्धारण गर्दा जातीय ‘क्लष्टर’ भत्काउनु हुँदैन्–उपप्रधानमन्त्री गच्छदार

bijay kumarविराटनगर, साउन ६ गते । उपप्रधानमन्त्री विजयकुमार गच्छदारले क्षेत्र निर्धारण आयोग स्वतन्त्र रुपमा निष्पक्ष रुपमा काम गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले सो आयोगका अध्यक्ष तराई–मधेशको व्यक्ति भएकाले, सम्पूर्ण मधेसको प्रतिनिधित्व गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “क्षेत्र निर्धारणको क्रममा जातीय ‘क्लष्टर’लाई भत्काउनु हुँदैन् ।”

क्षेत्र निर्धारणको काम जटिल भएको प्रसंग उल्लेख गर्दै उपप्रधानमन्त्री गच्छदारले निर्धारित समयमै सन्तुलित ढंगले आयोगले आफ्नो काम पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो ।

संविधान संशोधनको प्रस्ताव पारित हुने सम्भावना नरहेको स्पष्ट पार्दै उहाँले तेस्रो चरणको निर्वाचनपछि सो प्रस्ताव पारित हुने सम्भावना व्यक्त गर्नुभयो ।

तेस्रो चरणको स्थानीय निर्वाचनमा राष्ट्रिय जनता पार्टी (राजपा)लाई सहभागी गराउन सरकारले वातावरण बनाइरहेको बताउँदै उहाँले राजपालाई निर्वाचनमा सहभागी हुन आग्रह गर्नुभयो ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रीसमेत रहनु भएका उहाँले स्थानीय शासन ऐन हिजो नै संसदीय समितिमा पठाइएको र द्रूतगतिमा साउन १५ गतेसम्ममा पारित हुने विश्वास व्यक्त गर्नुभयो ।

उपप्रधानमन्त्री गच्छदारले ‘कार्यविधि ऐन’ पारित नहुँञ्जेलसम्मका लागि ‘कार्यदेश’बाट कार्यविधि तय गरिएकाले स्थानीय तहमा काम गर्न समस्या नरहेको बताउनुभयो ।

कर्मचारी समायोजनको सम्बन्धमा पत्रकारको जिज्ञासामा उहाँले स्थानीय तहअन्तर्गत नै विभिन्न मन्त्रालयका कर्मचारी रहने भएकाले स्थानीय विकास मन्त्रालयले कर्मचारी समायोजन गर्ने कार्यमा लागेको बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter